सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सार्वजनिक शौचालय निर्माणमा महानगरको प्राथमिक क्षेत्र सम्पदा र भीड हुने ठाउँ

काठमाडौं । काठमाडौं महानगरपालिकाले सम्पदा क्षेत्र र मानिसहरुको अत्याधिक भीड हुने स्थानलाई पहिलो प्राथमिकतामा राखेर सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ । आज उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको अध्यक्षतामा बसेको सम्बद्ध बिभागीय प्रमुखहरुको बैठकले यस्तो निर्णय गरेको हो । गएको मंसिर १७ गते बसेको नगर कार्यपालिकाको बैठकले सामाजिक उत्तरदायित्वअन्तर्गत सार्वजनिक शौचालय निर्माणको काम अघि बढाउन उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलाई जिम्मेवारी दिएको थियो ।

बैठकमा सहरभित्र सञ्चालनमा रहेका सार्वजनिक शौचालयको गुणस्तर सुधार गर्नुपर्ने, पहुँच बढाउनुपर्ने, पेटोल पम्पलगायत सार्वजनिक सेवा प्रदायक निकाय र होटल, रेष्टुरेन्टलगायत निजी तथा व्यवसायिक स्थान सञ्चालन भइरहेका शौचालयलाई सार्वजनिक रुपमा सञ्चालन गर्दा हुने आपसी हितका विषयमा पनि उठान भएका थिए ।

बैठकमा बोल्दै उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले — चालु आर्थिक बर्षमा सार्वजनिक शौचालयका निर्माणका लागि बिनियोजन भएको ३ करोड रुपैयाँबाट काम गरिने बताउनुभयो । यस सम्बन्धि कार्यबिधि सम्बन्धि प्रस्ताव आगामी कार्यपालिका बैठकमा पेश गर्ने तयारी भएको जनाउँदै उहाँले तत्काल परिणाम देखिने गरी काम थालनी गर्न वातावरण व्यवस्थापन बिभागमार्फत काम अघि बढाइने बताउनुभयो । महानगरको सहरी योजना आयोगले काठमाडौंमा उपयुक्त हुने सार्वजनिक शौचालयका ढाँचा, लागत र स्थानको अध्ययन गरिसकेको छ । ती ढाँचा लिएर उपयुक्त स्थानमा शौचालय निर्माण प्रक्रिया अघि बढाउनेछ ।

बैठकले प्रशासन बिभागका प्रमुख नमराज ढकालको संयोजकत्वमा ‘व्यवसायिक सामाजिक उत्तर दायित्व नीति मस्यौदा कार्यदल’ गठन गरेको छ । कार्यदलको सदस्यमा सार्वजनिक निजी साझेदारि इकाइ प्रमुख धु्रव काफ्ले र खरिद इकाइका प्रमुख बलराम त्रिपाठी हुनुहुन्छ भने सदस्य सचिवमा उपनिर्देशक गंगाधर गौत्तम हुनुहुन्छ । महानगरसँग सार्वजनिक निजी साझेदारिमा हुने कामका लागि छुट्टै ऐन छ । त्यस ऐनमा व्यवसायिक सार्वजनिक सामाजिक उत्तरदायित्वमा हुने कामका बिषयमा व्यवस्था नभएकाले कार्यदल गठन गरेर नीति मस्यौदा गर्न कार्यदल बनाइएको उपप्रमुख खड्गी श्रेष्ठले जानकारी दिनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »