सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सार्वजनिक सवारी सञ्‍चालनका लागि पहल गर्न ४ सदस्यीय कार्यदल गठन

काठमाडौं / असार २७
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात सम्बन्ध मजदुर संगठनहरुले कार्यदल गठन गरेका छन् ।

सार्वजनिक सवारी सञ्‍चालनका लागि आवश्यक पहल गर्न भन्दै महासंघ र तीनवटा मजदुर संगठन शनिबार ललितपुरमा संयुक्त बैठक बसेका थिए। सो बैठकमा सरकारसँग आवश्यक छलफल गरी समस्या समाधान गर्न भन्दै ४ सदस्यीय कार्यदल गठन गरेको हो ।

कार्यदलमा महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, नेपाल यातायात मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई, नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारी र अखिल नेपाल यातायात मजदुर संघका कार्यवहाक अध्यक्ष दिपक केसी छन् ।

कार्यदलले लामो तथा छोटो दुरीमा चल्ने सम्पूर्ण सवारी साधनहरु सुरक्षित रुपमा सञ्चालनका लागि आवश्यक पहलकदमी गर्ने बैठकपछि जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

२३ असारमा बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षाका आवश्यक मापदण्ड पुर्‍याइ काठमाडौं उपत्यकाकाभित्र र बाहिरका जिल्लाभित्र मात्रै सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको थियो । तर, शुक्रबार महासंघले आफ्ना सर्त सरकारले पूरा नगरेको भन्दै तत्काल यातायातका साधन नचलाउने निर्णय गरेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »