सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सिख समुदाय गुरुद्वारा बाँकेले विपन्न समुदायलाई सहयोग


नेपालगंज,कोरोना वायरस कोविड १९ को महामारीको कारणले भएको लॉकडाउनको अवस्थमा गरीव९गुरुवा हरूको निमित्त सहयोगी दाताहरुले सहयोग जुटाई रहनु भएको छ ।


गुरुद्वाराले नेपालगंज तथा कोहलपुरमा बिस जना श्रमिक र ज्यालादारी गरेर जीवनयापन गर्ने मजदूरहरुलाई राहत बितरण गरेको छ।

बितरणमा नेपाल शिव सेना बाँकेका अध्यक्ष लगाएत गुरुद्वाराका समितिका पदअधिकारीहरुको सहभागिता रहेको थियो ।


कोहलपुर नगरपालिका – ९ भवानीपुरका दस जना व्यक्ति र नेपालगंज उप९महानगरपालिका – १८ कारकांदो का दस जना मजदूरहरुलाई नेपाल शिवसेना बाँके को सहयोगमा व्यापारी तथा समाजसेवी धनञ्जय खड़काको मातहात बाट खाद्दान्न सामग्री बितरण गरिएको थियो ।


नेपालगंज दसगजा क्वारंटाइनमा रहेका र ड्यूटीमा खटीएका सुरक्षाकर्मीहरुलाई दैनिक तीन सय जना व्यक्तिहरुको लागि सिख समुदाय गुरुद्वाराले निःशुल्क खानाको सेवा गर्दै आईरहेको छ र अन्य असहाय दुःखी भोकाहरुलाई पनि गुरुद्वारामा खाना दिईएको छ भनी नेपाल शिव सेनाबाँकेका केन्द्रीय अध्यक्ष राजकुमार रौनियाले जानकारी दिनुभएको थियोे ।


राहत बितरण वेवस्थाको लागि व्यापारी तथा समाजसेवीहरुले खाद्यान्न सामग्रीदान अब आउने दिनमा समाजिक गने अध्यक्ष रोनियारले बताउनु थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »