सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सिङ्ग मोक्तानको शब्दमा रहेको गीत म्हाला आङा बजारमा

संचारकर्मी सिङ्ग मोक्तानको पहिलो शब्द रहेको गीत म्हाला आङा सुपर सेलो च्यानलमार्फत सार्वजनिक भएको छ।उक्त गीतको भिडियो राष्ट्रिय नाँचघर जमलमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको हो।गायक युनिक दोङकै प्रस्तुती रहेको यस गीतमा गायक युनिक दोङ र गायिका जितु लोप्चनले स्वर भरेका छन।गीतको ऐरेन्ज जोगलाल लामाले गरेका हुन भने मिक्सिङ दिपेश प्रधानले गरेका हुन। यस गीतको भिडियोमा नायक तथा मोडल कुमार मोक्तान, नायिका तथा मोडल सीता थिङ र हाँस्यकलाकार गोकुल तामाङको जोडदार अभिनयलाई हेर्न पाउँनेछन।गीतको भिडियो निर्देशन प्रतिक ङेसुरले गरेका छन भने सम्पादन कलरिङ र क्यामेराको काम सूर्य लामाले गरेका छन। म्हाला आङा गीत सिङ्ग मोक्तानको लेखनको हिसाबले पहिलो गीत हो भने बजारमा आएको हिसाबले दोस्रो गीत हो।यसअघि उनको मायाला जोङ गीत जिग्मे मिडियाबाट सार्वजनिक भैसकेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »