सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सिङ्ग मोक्तानको शब्द रचनामा “मायाला जोङ”, म्युजिक भिडियो सार्वजनिक

संचारकर्मी सिङ्ग मोक्तानको शब्दमा तामाङ प्रेम गीत “मायाला जोङ” को म्युजिक भिडियो सार्वजनिक भएको छ । कुलेश्वरमा एक कार्यक्रम गरेर निर्माण पक्षले उक्त गीत भिडियोसहित सार्वजनिक गरेका हुन् । यस गीतमा विशाल काल्तन र जितु लोप्चनले स्वर भरेका हुन् भने संगीत पनि गायक विशाल काल्तन स्वयंकै रहेको छ ।

माया प्रेमको छुट्टै आदर्श राज्यको परिकल्पना गरिएको यस गीतमा मायामा रुने चलनको अन्त्य हुनुपर्छ भन्ने प्रेमिल अभियान पाइन्छ ।

यस गीतको भिडियो निर्देशन भने अनिश तामाङले गरेका हुन् ।
हिरा लामा जिकज्याकको प्रस्तुति रहेको यस गीतमा उनले डेब्यु अभिनय गरेका छन् भने उनलाई जोडीको रुपमा कुसुम मगरले साथ दिएकी छिन् ।

पछिल्लो समय सामाजिक सञ्जालमा लोकप्रिय तीनधारे झरना, धुलिखेल लगायतका स्थानहरुमा भिडियो छायांकन गरेका हुन् । सो गीतको म्युजिक भिडियो जिग्मे मिडियाको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस् ;

प्रोमो भिडियो ;

भर्खरै

सम्बन्धित खबर

Language »