सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सिटीलाई पराजित गर्दै लियोन सेमिफाइनलमा प्रवेश

हिजो राती पोर्चुगलको लिस्बनमा भएको युरोपियन च्याम्पियन्स लिगको अन्तिम क्वाटरफाइनल खेलमा फ्रेन्च क्लब लियोनले इङ्लिस क्लब म्यानचेस्टर सिटीलाई ३-१ गोलले पराजित गरेको छ । यस जितसँगै लियोन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ भने सिटी क्वाटरफाइनल बाटै बाहिरिएको छ ।

खेलको २६ औं  मिनेटमा लियोनलाई  म्याक्सवेल कर्नेटले पेनाल्टी क्षेत्र बाहिरबाट गोल गर्दै अग्रता दिलाएका थिए । लियोनका एरिक गार्सियाले सिटीका तोको एकाम्बीबाट खोसेर दिएको पास बललाई कर्नेटले गोल गोलमा परिणत गरेका थिए ‌।
पहिलो हाफमा १-० गोलले पछि परेको सिटीले ६९ औं मिनेटमा रहिम स्टैलिङको दिएको पासमा केभिन डे ब्रुएनको गोल मार्फत खेल १-१ को बराबरीमा ल्याए ।

वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका मौसा डेम्बेलेले लियोनका लागि पुनः ७९ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । खेलको अन्तिम समयतिर डेम्बेलेले व्यक्तिगत दोस्रो गोल गर्दै लियोनलाई ३-१ को अग्रता दिलाए ।

सेमिफाइनलमा हुने खेलमा लियोनले बायर्न म्युनिखसंग खेल्नेछ भने अर्को सेमिफाइनल खेल पीएसजी र आरबी लाइप्जिग बीच हुनेछ ।

भर्खरै

सम्बन्धित खबर

Language »