सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सिटी जाने चर्चासँगै केन टोटोनह्यामको प्रशिक्षणमा उपस्थित भएनन्

इंग्लीस क्लब टोटोनह्यामले आफ्ना मुख्य स्ट्राइकर ह्यरी केनलाई कारबाही गर्ने भएको छ । ह्यारी केनले खुला रुपमा नै लामो समयदेखि आफु स्पुअर्सकोे यात्रालाई पुर्णविराम लगाउने सँघारमा आइपुगेको बताउँदै आएका छन् ।

केन सोमबार स्पुअर्सको प्रशिक्षणमा उपस्थित भएका थिएनन् । म्यानचेस्टर सिटीसँग उनका राष्ट्रिय टिमका टिममेट्स ज्याक ग्रेलिसको नाम जोडिएसँगै केन पनि सिटी निकट भएका छन् ।

जसका कारण उनले स्पुअर्सकोे प्रशिक्षणमा आउन अस्विकार गरिदिएका थिए । फलस्वरुप उनलाई क्लबले कारबाही गर्ने बताइएकोे छ ।

केनका लागि स्पुअर्स अनलक्की क्लब सावित भएको छ । ३०० भन्दा धेरैे खेल खेल्दा पनि केनले स्पुअर्सको साथमा अझै ठुला उपाधि जित्न सकेका छैनन् । जसका कारण उनले स्पुअर्सलाई आफुले क्लब छाड्ने र आफ्नो चहाना उपाधि जित्ने रहेको बताएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »