सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सिनधुपाल्चोक पहिरो अपडेट : चार घाइतेको हेलिकोप्टबाट उध्दार, बेपत्ताकाे खोजी हुँदै

सिनधुपाल्चोक / २५ असार
बाह्बिसे नगरपालिका ५ जम्बुमा बाढीपहिरोले गम्भीर घाइते भएका चार जना बिरामीलाई उपचार गर्न हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । गम्भीर चार घाइतेलाई हेलिकप्टरबाट काठमाडौं उपचारको लागि लगिएको हो ।

बाढीमा परी घाइते भएका सविता बस्नेत र सुवेश तामाङलाई कैलाश एयरमार्फत काठमाडौँ लगिएको छ। त्यस्तैअरु घाइते फुर्वा तामाङ र अर्का १० दिने शिशुलाई माउन्टेन एयरको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ लगिएको हो। उद्धार गरी काठमाडौं ल्याइएका उनीहरुको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ ।

बाह्रबिसेमा बाढीले स्थानीय जम्बु बजार बगाउँदा २ जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता भएका छन् । यस्तै सो घटनामा बेपत्ता हुनेहरुको पहिचान भएको पनि डिएसपी काप्लेले जानकारी दिनुभयो ।

बेपत्ता हुनेहरुमा बाह्बिसे नगरपालिका ५ का भीमबहादुर वाईवा, चिनीमाया वाईवा, निमाडोल्मा, लक्ष्मण, सुनमाया, जनक वाईवा रहेका छन् । त्यस्तै सबिना तामाङ, हिमेश शर्मा, आकाश तामाङ, आकाश केसी, तोक बहादुर तामाङ, युत्त बहादुर, सुवेश, सविता तामाङ रहेका छन् । अन्यको पहिचान नखुलेको खोजी भईरहेको जनाइएको छ ।

मृत्यु हुनेमा सोही ठेगानाका निकेश बस्नेत र उनकी तीन बर्षीया छोरी रहेको डिएसपी काप्लेले जानकारी दिनु भयो ।

भर्खरै

सम्बन्धित खबर

Language »