सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सिन्धुपाल्चोकका दुई स्वास्थ्य केन्द्रमा महत्वपूर्ण स्वास्थ्य सामग्री हस्तान्तरण

सिन्धुपाल्चोक।  सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले गृह जिल्ला सिन्धुपाल्चोकका दुई प्राथमिक स्वास्थ्य केन्द्रलाई अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको छ ।

उहाँले बाह्रबिसे नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र र बलेफी गाउँपालिकाको जलविरेमा रहेको जलविरे प्राथमिक स्वास्थ्य केन्द्रलाई सामग्री हस्तान्तरण गर्नु भएको हो । जलविरेलाई हस्तान्तरण गरिएका सामग्रीमा डिजिटल एक्सरे (यु एस जी र ई सि जी) मेसिन (सभामुखको समन्वयमा रोटरी क्लबबाट प्राप्त) लगायत महत्वपूर्ण स्वास्थ्य सामग्री छन् भने बाह्रबिसेलाई एन ९५ र सर्जिकल मास्क, गाउन, ग्लोब्स, फेससिल्ड, स्यानिटाइजरलगायत रहेका छन् ।

स्थानिय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत जलविरे प्राथमिक स्वास्थ्य केन्द्रको पूर्वाधार विकासका लागि १५ लाख रकमान्तर गरिएको छ । यस अघि पनि चौतारा अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि १५ ला रकमान्तर गरिएको थियो ।

सभामुख सापकोटाले आजै सिन्धुपाल्चोकको बलेफी–तेम्बाथान सडक खण्ड अन्तरगत निर्माणाधिन विभिन्नस्थानको अवलोकन गरेपछि निर्माण सम्बद्ध अधिकारीहरुलाई तोकिएको मापदण्ड अनुसार समयमै काम सम्पन्न गर्न, गुणस्तरमा कुनै सम्झौता नगर्न र बर्षातको समयमा समेत सहज रुपमा सवारी सञ्चालनका लागि काम गर्न निर्देशन दिनुभयो ।

सभामुख सापकोटाले जिल्ला स्थित स्थानीय तहका अधिकारीहरुलाई विपद् पूर्वतयारीमा जुट्न आग्रह गर्नु भएको छ । स्वास्थ्य सामग्री हस्तान्तरणका लागि गृहजिल्ला पुगेका बेला उहाँले कोभिड १९ को सम्भावित तेस्रो लहर र वर्षातमा बाढी पहिरोबाट हुनसक्ने क्षतिबाट जोगिन योजनावद्ध रुपमा पूर्व तयारीमा जुट्न आग्रह गर्दै आफ्नो तर्फबाट सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

भर्खरै

सम्बन्धित खबर

Language »