सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सिन्धुपाल्चोकका बाम लोकतान्त्रिक गठबन्धन निकटका सम्पर्क समन्वय समिति तथा मञ्चहरुले काठमाडौंमा बृहतसभा गर्ने

काठमाडौं । सिन्धुपाल्चोकका बाम लोकतान्त्रिक गठबन्धन निकटका सम्पर्क समन्वय समिति तथा मञ्चहरुले काठमाडौंमा बृहतसभा गर्ने भएका छन् ।
काडमाडौंको बानेश्वर स्थित होटल एभरेष्टमा बसेको बाम लोकतान्त्रिक गठबन्धनको संयुक्त बैठकले सो निर्णय गरेको हो ।
बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट सिन्धुपाल्चोकका चु्नावी कमाण्डर सुवास कर्माचार्य , माओवादी नेता टोपनाथ सापकोटा,सम्पर्क समन्वय समिति बागमती प्रदेश अध्यक्ष ठुलोबाबु श्रेष्ठ , जिल्ला ईन्चार्ज महेन्द्र घोरासैनी , नेपाली काँग्रेस निकट सम्पर्क समितिका सभापति सुवास तिमल्सिना , एकिकृत समाजवादीका अध्यक्ष नरबहादुर श्रेष्ठ , तथा नेकपा (माओवादी केन्द्र) सम्पर्क समन्वय का अध्यक्ष जयराम आचार्य लगाएतको उपस्थितिमा बैठक बसि संयुक्त बक्तब्य जारी गर्दै कार्यक्रमको घोषणा गरिएको हो ।

बैठक सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिका अध्यक्ष जयराम आचार्यको अध्यक्षतामा बसेको थियो ।
कार्यक्रम यहि मिति २०७९ साल कार्तिक १३ गते राष्ट्रिय प्रज्ञा प्रतिष्ठानको हलमा गरिने भएको छ ।
तिन वटै पार्टीका जिल्ला अध्यक्षहरुको हस्ताक्षर सहितको संयुक्त बक्तब्य मार्फत कार्यक्रमको जानकारी गराईएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »