सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सिन्धुपाल्चोकको छ वटै सिटमा सानदार जित हुन्छ : बाम लोकतान्त्रिक गठबन्धन

काठमाडौं । बाम लोकतान्त्रिक गठबन्धन संयुक्त निर्वाचन परिचालन कमिटि सिन्धुपाल्चोकको आयोजनामा आज राजधानि काठमाडौं को कमलादी स्थित प्रज्ञा प्रतिष्ठानको हलमा सिन्धुपाल्चोक बाट काठामाडौं आई बिभिन्न पेसा,ब्यबसाय अध्ययन तथा मजदुरी गर्दै आएका बाम लोकतान्त्रिक गठबन्धनका नेता कार्यकर्ता र समर्थकहरु संग छ वटै सिटका उम्मेदवारहरुको परिचयात्मक तथा प्रतिबद्धता जाहेर गर्ने संयुक्त भेला सम्पन्न भएको छ ।
सिन्धु—काठमाडौं सम्पर्क समितिको सभापति सुबास तिमल्सिनाको सभापतित्व , सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्ष जयराम आचार्यको सन्चालनमा भएको कार्यक्रममा सिन्धु—काठमाडौं सम्पर्क मञ्च (एकिकृत समाजवादी)का अध्यक्ष नर बहादुर श्रेष्ठले स्वागत मनतब्य राख्नु भएको थियो ।
कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेपाली काँग्रेसको केन्द्रीय सदस्य,पुर्व सु्चना तथा सन्चार मन्त्री तथा सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार मोहन बहादुर बस्नेत,बिशेष अतिथि तथा अतिथि हरुमा क्षेत्र नं २ सिन्धुपाल्चोकका उम्म्ेदवार माधव सापकोटा (सुबोध), प्रदेशसभा तर्फका उम्म्ेदवारहरु मसिना खड्का भण्डारी,सरल सहयात्री पौडेल,युवराज दुलाल (शरद),कण्ण बहादुर तामाङ(समिर) चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्ण प्रसाद सापकोटा(देशबन्धु)सम्पर्क समन्वय समिति बागमती प्रदेशका अध्यक्ष ठुलोबाबु श्रेष्ठ लगायत नेताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै उम्मेदवारहरुले बिपक्षी पार्टीहरुले आफुहरुलाई टुरिष्ट उम्मेदवार भन्ने हल्ला चलाएकोमा आपत्ति जनाउँदै , बोल्ने एजेण्डा नभएपछि यस्तो हल्ला चलाएकोले यसको पछाडी नलागिकन सबै मिलेर मंसिर ४ पछाडी देखाईदिनु पर्नेमा जोड दिएका थिए ।
काँग्रेसले हँसिया हथौडा र माओवादीले रुखमा भोटहाल्दैनन् त्यहि भोटले जितिन्छ भन्ने दिवा सपना बोकिरहेका बिपक्षि दललाई गठबन्धन भित्रको आन्तररिक अबस्था बलियो हुँदा पिडा हुनु स्वभाबिक भएको गठबन्धनका नेताहरुले बताउनु भएका छन् ।
पार्टीको निर्णय र आवश्यकतालाई मध्यनजर गर्दै यो गठबन्धन भएकोले निशन्देह आफ्ना क्षेत्रका उम्म्ेदवारलाई जिताउन लागि पर्नको लागि र चुनावचिन्ह हेरेर मतदान गर्न गठबन्धनका सबै नेताहरुले आफ्ना कार्यर्ताहरुलाई निर्देशन समेत दिनु भएको थियो ।
एकिकृत समाजवादीका नेता सुबास कर्माचार्य तथा नेकपा (मसाल) का नेता दिर्घ सुबेदी ले सिन्धुपाल्चोकमा आफ्नो पार्टीको प्रत्यक्ष तर्फ उम्मेदवारी नभएपनि गठबन्धनलाई जिताउन आफ्नो पार्टीको तर्फबाट कुनै कसुर नराख्ने बताउनु भयो ।
आजैका मिति देखि गठबन्धनको तर्फबाट आम मतदाताको घर घर डेरा कोठा ब्यापार ब्यबसाय सबैठाउँमा पुगेर आफ्ना कुराहरु राखेर कन्भिन्स गर्ने तर्फ लाग्ने हो भने सिन्धुपाल्चोकको छ वटै सिटमा सानदार जित हासिल गर्न सकिने कुरामा आफुहरु बिस्वस्त रहेको सबै नेताहरुले बताउनु भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »