सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सिन्धुपाल्चोकमा प्रथम बागमती प्रदेश स्तरीय सोतोकान कराँते प्रतियोगिता हुने

काठमाडौँ । सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नं. ५ काे कभर्ड हलमा यही २०७९ पुस १५ र १६ गते प्रथम बागमती प्रदेश स्तरीय नेपाल सोतोकान कराँते प्रतियोगिता हुने भएको छ ।

बामती प्रदेशको तेह्र वटा जिल्लामा रहेका सोतोकान कराँतेका खेलाडीहरुले यो प्रतियोगितामा सहभागी हुन पाउने छन् । नेपाल सोतोकान कराँतेको शाखा सिन्धुपाल्चोकमा २०६८ सालमा स्थापना भएको थियो । यो शाखाले स्थापनाकाल देखि नै रष्ट्रियस्तरको प्रतियोगिताहरुको आयोजना गर्दै आइरहेका थिए । अब हुने बागमती प्रदेश स्तरीय खेलमा प्रथम हुनेलाई तीस हजार नगद, प्रमाण पत्र र ट्रफि प्रदान गरिने छन् । दितिया हुने टिमलाई बीस हजार र तितृया हुने टिमलाई दश हजार नगर र प्रमाण पत्र, ट्रफि प्रधन गर्ने अयोजकले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ । यसैगरी प्रथम हुने प्रत्येक तौल समुहको खेलाडीलाई रु पाँच हजार नगर, ट्रफि र प्रमाणपत्र दिने घोषणा गरेका छन् ।

बामती प्रदेश भित्र रहेका सोतोकान कराँतेका खेलाडीहरुलाई प्रोत्साहन गर्ने उदेश्यले यो प्रतियोगिताको आयोजना गरेको सिन्धुपाल्चोक शाखाले जानकारी दिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »