सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सिन्धुपाल्चोक–काठमाडौं संपर्क समन्वय समिति द्वारा ईन्द्रावती गाउँपालिकामा स्वास्थ्य सामाग्री हस्तान्तरण

सिन्धुपाल्चोक । नेकपा माओवादी केन्द्रको सकृय संगठन सिन्धुपाल्चोक – काठमाडौं संपर्क समन्वय समिति को सकृयतामा सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका अन्तरगत नवलपुर प्राथमिक अस्पताल तथा वडा नं १० स्वास्थ्य ईकाइ भोट सिपा मा अस्पताल बेड सहित केहि स्वास्थ्य सामाग्री र अन्य १२ वटा वडा हरुमा माक्स , सेनिटाईजर बितरण कार्यक्रम संपन्न भएको छ ।

माओवादी केन्द्र सिन्धुपाल्चोकका जिल्ला अध्यक्ष गोबिन्द पराजुली (अबिनाश) को प्रमुख आतिथ्य तथा ईन्द्रावती गाउँपालिका प्रमुख वंशलाल तामाङको बिषेश उपस्थितिमा सिन्धुपाल्चोक – काठमाडौं संपर्क समन्वय समितिका अध्यक्ष ठुलो बाबु श्रेष्ठ ले ६ वटा बेड सेट , १ वटा अक्सिजन कन्सन्ट्रेटर , ४० थान पिपिइ सेट लगायत माक्स,सेनिटाईजर ईन्द्रावती गाउँपालिका अन्तरगत नवलपुर प्राथमिक अस्पताल लाई हस्तान्तरण गर्नु भएको थियो ।

नेकपा माओवादी केन्द ईन्द्रावती गाउँपालिका अध्यक्ष मनोज सापकोटा ले संचालन गर्नुभएको अनौपचारीक कार्यक्रममा  सिन्धुपाल्चोक – काठमाडौं संपर्क समन्वय समिति २ नं निर्वाचन क्षेत्रिय ईन्चार्ज महेन्द्र घोरासैनी,सिन्धुपाल्चोक का कम्युनिष्ट नेता तथा वरीष्ठ समाजसेवी सुब्बा श्रेष्ठ , नेकपा माओवादी केन्द ईन्द्रावती गाउँपालिका सचिवालय सदस्य बद्रि थापा, समाजसेवि रामचन्द्र पन्त तथा माओवादी केन्द ईन्द्रावती गाउँपालिका अन्तरगतका १२ वटै वडाका प्रतिनिधि हरु र जिल्ला समिति का सदस्य हरु लगायत स्थानिय जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मनतब्य राख्दै ईन्द्रावती गाउँपालिका प्रमुख वंशलाल तामाङले बिशुद्ध सहयोगको भावना बोकेर ईन्द्रावती गाउँपालिका आउने सबैलाई आभार ब्यक्त गर्दै महत्वपूर्ण सामाग्रि उपलब्ध गराएकोमा सिन्धुपाल्चोक – काठमाडौं संपर्क समन्वय समितिका अध्यक्ष ठुलो बाबु श्रेष्ठ लगाएत टिमलाई बिशेश धन्यवाद समेत दिनु भयो ।

हस्तान्तरण गरिएको (१ वटा अक्सिजन कन्सन्ट्रेटर) सामाग्री उपलब्ध गराउन सहयोग गर्ने एस एल सि २०४२ ब्याच सिदार्थ बनस्थलि ईन्सिच्युट तथा त्यसको पहलकदमी लिने बद्रि थापा र रामचन्द्र पन्त , बेड सेट उपलब्ध गराउन सहयोग गर्ने ठूलो बाबू श्रेष्ठ ,सूब्बा श्रेष्ठ,महेन्द्र घोरासैनी, समग्र पहलकदमि लिएर कार्यक्रम सफल बनाउने नेकपा माओवादी केन्द्रको सकृय संगठन सिन्धुपाल्चोक – काठमाडौं संपर्क समन्वय समिति लाई जिल्ला अध्यक्ष गोबिन्द पराजुली (अबिनाश)ले हार्दिक आभार ब्यक्त गर्दै आम नागरिकको दुखः सुखः मा साथ दिनुनै वास्तविक राजनितिको परिभाषा भएको बताउनु भयो।

संपर्क समन्वय समितिले ईन्द्रावती गाउँपालिकामा रहेको २ वटा प्रहरी चौकीमा पनि केही स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

१२ वटा वडा स्वास्थ्य ईकाइ र प्रहरी चौकी मा दिईएको सामाग्री सिन्धुपाल्चोक – काठमाडौं संपर्क समन्वय समितिका अध्यक्ष ठुलो बाबु श्रेष्ठले आफ्नो निजि खर्चमा गरेको बताउनु भयो ।

यो कार्यक्रम सफल बनाउन सिन्धुपाल्चोकका युवा नेता तथा पूर्व सामाजिक बिकास मन्त्री युवराज दुलाल को पनि महत्वपुर्ण भुमिका रहेको समन्वय समितिका अध्यक्ष ठुलो बाबु श्रेष्ठले  बताउनु भयो ।

भर्खरै

सम्बन्धित खबर

Language »