सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सिन्धुपाल्चोक का बाढी पहिरो पिडितको घाउमा मल्हम लगाउदै सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपल्चोक को जिल्ला भोटेकोशी गाउँपालिकाका बाढी पहिरो बाट विस्थापित/प्रभावित भएकाहरूका लागि त्रिपाल , म्याटेस लगायत आधारभूत अस्थाई बसोबासका सामाग्री ५० सेट, अस्थाई बसोबास निर्माणमा प्रयोग हुने औजार ५० सेट, भान्सा, खानपिन तथा सामान राखनधरन गर्न २४ किसिमका भाडावर्तन सहितको २५ सेट, ब्लाङकेट ५० सेट, उनको ब्लाङकेट, ज्याकेट र सल सहित न्यानो कपडा सेट , बेबी स्मल प्याक २५ सेट, बेबी बीग प्याक २५ सेट, सहितका राहत सामग्री गाउँपालिका अध्यक्ष राजकुमार पौडेल लाई हस्तान्तरण गरेका छन् ।

लिदी पहिरो बिस्थापितहरुलाई राहत सामाग्री लिएर सभामुख सापकोटा बिस्थापितहरुलाई भेटन स्थानान्तरण गरिएको जुगल गाँउपालिका वडा नं.१ सेलाङ बाँसखर्कमा पुगे।सम्क्षिप्त कार्यक्रम मा बोल्दै सभामुख सापकोटा ले सरकार र आफु सदैव जनताको साथ रहने बताएका छन् ।
लिदी पहिरो बाट बिस्थापित घरहरु तत्कालिन उर्जा बाट बन्चित नहुन भन्ने हिसाबले सभामुख सापकोटा कै पहलमा बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र मार्फत एउटा प्यानलबाट चार घरमा बत्ती बाल्न मिल्ने किसिमका १०० थान सोलार प्यानल पीडितलाई राहत प्रदान गरिएको हो । बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देसक मधुसुधन अधिकारी बाट गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठ मार्फत सोलार बितरण गरेका छन् । सोलार प्यानल भने जुगल गाउँपालिकामा मात्रै दिइएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »