सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सिन्धुपाल्चोक पहिरो अपडेट ९ जनाको शव भेटियो, आठ जनाको परिचय खुल्यो

सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिका ७ को घुम्थाङमा रहेको नागपूजे र भीरखर्कमा गएको पहिरोमा पुरिएकामध्ये अहिलेसम्म नौ जनाको शव भेटिएको छ ।

बाह्रबिसे गाउँपालिका ७ का वडाध्यक्ष मीनबहादुर श्रेष्ठका अनुसार पहिरोमा परेर बेपत्ता भएकामध्ये अहिलेसम्म नौ जनाको शव भेटिएको छ । शव भेटिएकामध्ये आठ जनाको परिचय खुलेको उहाँले बताउनुभयो ।

पहिचान हुनेहरुमा भक्तिमाया श्रेष्ठ, ल्याकसिंह तामाङ, धनलाल श्रेष्ठ, शुकलाल विक, जुनु विक, सन्देश विक, सर्किनी श्रेष्ठ र हिरामाया श्रेष्ठ रहेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । भीरखर्कबाट खसेको पहिरोका कारण दुई गाउँमा क्षति पुगेको थियो ।

पहिरोमा अझै २२ जना बेपत्ता छन् । पहिरोले १२ वटा घर बगाएको छ । वडा नम्बर ७ मा पर्ने घुन्थाङको भीरखर्कमा तीन वटा र नागपूजेमा नौ वटा घर पहिरोले पुरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »