सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सिन्धुपाल्चोक लिदिका पहिरो पीडितलाई वाग्मती प्रदेश घेदुङ सहयोग

काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँ पालिका वडा नं २ का पहिरो पीडितहरुको लागि न्यानो कपडा वितरण गरिएको छ । नेपाल तामाङ घेदुङ वाग्मती प्रदेश कमिटीले पहिरो पीडित २८ घर धुरीका ९७ जनालाई ज्याकेट र ट्राउजर वितरण गरिएको हो ।

नेपाल तामाङ घेदुङ वाग्मती प्रदेश कमिटीका पदाधिकारीहरुको तर्फबाट बाँसखर्कको चिसो ठाउँमा अवस्थित पीडितहरुको लागि वितरण गरिएको अन्तराष्ट्रिय तामाङ परिषदको वरिष्ठ महिला उपाध्यक्ष अस्मिता वाइवाले जानकारी दिनुभयो ।

उक्त राहत वितरण कार्यक्रममा सोही वडाका वडाध्यक्ष प्रताप लामा, वाग्मती प्रदेशका घेदुङका अध्यक्ष लिलाकुमार घ्लान, उपाध्यक्ष मान बहादुर योन्जन, सचिव हरि चन्द्र लामा, कोषाध्यक्ष सरोज कुमार तामाङ, उप-सचिव फुलकाजी स्याङ्बो र समाजसेवी तारा सिङ्तानको उपस्थिति रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »