सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सिन्धुलीका ६२ वर्षे साइँली तामाङले देखेकाे भगवानः डा कमल खड्का (भिडियाे सहित)

काभ्रे । तेमाल गाउँपालिका वडा नं।६ ठुलाे पर्सेलकाे आयाेजनामा सञ्चालित ३ दिने निशुल्क आँखा शिविरमा आएका जाे काेही पनि निराशा भएर जानु परेन । वडा अध्यक्ष विकुलाल तामाङ माेक्तानका अनुसार ३ दिनकाे आँखा शिविरमा २१४ जनाकाे निशुल्क चेक जाँच गरेकाेमा ५५ जनाकाे निशुल्क आँखाकाे सफल अप्रेशन भएकाे छ भने ५५ जनाकाे मेजर अप्रेशन मध्ये ९ जनाकाे दुवै आँखाकाे अप्रेशन गर्न सफल भएकाे बताउनु भयाे ।

मनाेज एशाेसिएशन फ्रान्स, मुटु फाउन्डेशनका अध्यक्ष धनबहादुर गुरूङको साथमा नेपाल आँखा अस्पताल त्रिपुरेश्वरकाे सहयाेगमा ३ दिने निशुल्क आँखा शिविर सञ्चालन गर्न सफल भएकाे वडा अध्यक्ष विकुलाल तामाङ माेक्तानले बताएका छन् ।

सिन्धुली जिल्ला, रामेछाप लगाएतका जिल्लाबाट निशुल्क आँखा चेक जाँचका लागि विरामीहरू आएका थिए ।

डा. कमल खड्का माेतिबिन्दुकाे सफल अप्रेशन पछि विरामीकाे अवस्था बुझ्दै

सुनकाेशी गाउँपालिका वडा नं। १ सिन्धुलीका ६२ वर्षे साइँली तामाङ नाती र छाेरीकाे साहारामा ठुलाे पर्सेलमा सञ्चालित आँखा शिविरमा चेकजाँचका गर्न आएका थिए । ६२ वर्षिय तामाङकाे दुवै आँखा देख्दैन थिए । उनले पुनः याे संसार देख्न पाउँछ भन्ने आशा बिल्कुलै मारिसकेका थिए । तर डा। कमल खड्का उनका लागि भगवान भएर आउनु भयो । माघ १७ गते डा। कमल खड्काकाे टाेलीले करिबआधा घन्टाकाे समयमा साइँली तामाङकाे आँखाकाे अप्रेशन गर्न सफल भयाे ।

अहिले साइँली तामाङले पुनः याे संसार देख्न पाउनुभयो । सँगै आएका नाति र छाेरीलाई हेर्दै उनले खुशीकाे आँशु झार्नुभयो र डा। कमल खड्कालाई धन्यवाद दिनुभयो ।

“तपाईं मेराे भगवान हाे । आज मैले भगवानकाे दर्शन गर्न पाएँ ।” साइँली तामाङले यसाे भनिरहँदा त्यहाँ उपस्थीत सबैकाे आँखामा खुशीकाे आँशु छचल्किएको थियो ।

ठुलाे पर्सेल स्वास्थ्य चाैकीमा संचालित निशुल्क आँखा शिविरमा साइँली तामाङ जस्तै ५५ जना वृद्ध बा -आमाले फेरी याे संसार देख्न पाएका छन् ।

वडा अध्यक्ष विकुलाल तामाङ विरामीकाे अवस्था बुझ्दै

वडा अध्यक्ष विकुलाल तामाङ माेक्तान भन्नु हुन्छ “मनमा खुशी त्यसबेला हुँदो रहेछ जब आफुले गरेकाे कामकाे परिणाम आशिर्वादको रूपमा पाउन सफल हुँदो रहेछ । अहिले म धेरै खुशी छु । रामेछाप, सिन्धुली देखिका बा,आमाहरू यहाँ उपस्थित भएर उहाँहरूले पुनः याे संसार देख्न पाउनु भयो याे भन्दा खुशी अरू के हुन सक्छ ? यहाँ चेकजाँचका लागि आउनु भएका सबैका लागि निशुल्कऔषधी र चश्मा वितरण गरेकाे छु । विशेष त डा। कमल खड्का र मनाेज एशाेसिएशन तथा मुटु फाउन्डेशनका अध्यक्ष धन बहादुर गुरूङलाई धन्यवाद दिन चाहन्छु ।

भिडियाेका लागि

भर्खरै

सम्बन्धित खबर

Language »