सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सिन्धु डीजिटल फोटो स्टुडीयोको औपचारीक शुभारम्भ

भक्तपुर

सुर्यबिनायक नगरपालिका वडा नं ४ हर्ष चोक आसपासका आम सर्वसाधरण लाई सेवा प्रदान गर्ने उदेश्यले आज देखि सिन्धु डिजिटल फोटो स्टुडीयोले आफ्नो औपचारीक कारोवर शुरु गरेको छ  ।

वर्तमान समाज बिस्तारै डीजिटल युगमा प्रबेश गर्न लागिरहेको अवस्थालाई मध्य नजर गर्दै आफुले यो ब्यबसाय मा हात हालेको स्टुडीयो का संचालक अप्सरा कार्कि( भण्डारी )ले बताएकि छिन्।

यस क्षेत्र का बासिन्दा हरु लाई एक प्रती फोटोकपि गर्न पनि करीब १ किलोमिटर टाढा पुग्नु पर्ने अवस्थाको अन्त्य भएको भन्दै ब्यबसाय को शुरुवात मा स्थानिय को पनि साथ समर्थन रहने एक स्थानिय ले बताएका छन्।

सुर्यबिनायक नगरपालिका वडा नं ४ का वडाध्यक्ष उत्तम थापा  को प्रमुख आतिथ्य र डा बिनोद नेपाल को बिषेश आतिथ्यमा  सम्पन्न भएको शुभारम्भ कार्यक्रम मा वडाध्यक्ष थापा  को पहिलो फोटो खिचेर उद्घाटन गरीएको थियो  ।   कार्यक्रममा    अहिलेको पुस्ताले खोजे को जस्तो डिजिटल सेवा प्रदान गर्नुपर्ने मा सबैले जोड दिएका थिए  ।

स्टुडीयोले अहिले को लागि फोटो ,भिडियो ,कप ,फ्लेक्स ,टिसर्ट, क्याप ,कुसन, फोटोकपि, लेमिनेसन,प्रीन्ट,कलरफोटो कपि ,  लगाएत केहि ग्राफिक्स डिजाईन का काम गर्ने र भविस्यमा  डिजिटल माध्यम बाट हुने सबै काम गर्ने लक्ष्य लिएको  स्टुडीयो का प्रवन्ध निर्देशक सुधिर भण्डारी ले बताएका छन्।

घर परीवारको लागी आवस्यक पर्ने फोटो फ्रेम , बिबाह  को फ्रेम लगाएत कार्यक्रम  को लागी आवस्यक पर्ने ब्याच मायाको चिनो प्रमाण पत्र ,सम्मान  पत्र हरु  होलसेल तथा खुद्रा पनि कारोवार गर्ने स्टुडीयो को सन्चालक ले बताएका छन्।

शुभारम्भ को अवसरमा स्टुडीयो ले पहिलो दिन मा आउने सबै ग्राहकहरु को लागि ५० प्रतीशत छुटको ब्यबस्था गरेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »