सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सिराहामा बम विस्फोट, ७ घाइते, एकको अवस्था गम्भिर: गोइत समुहको पर्चा भेटियो

सिरहाको मालपोत कार्यालयमा बम विस्फोट भएको छ । लाहान नगरपालिकाको मालपोत कार्यालयको प्राङ्गणमा बम विस्फोट भएको हो । उक्त बम विस्फोट हुँदा ७ जना घाइते भएका छन् । ती मध्ये एकको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी शालीग्राम शर्माले जानकारी दिनुभयो ।

उक्त बम विस्फोट भएको ठाउँमा तराई मुक्ति मोर्चा गोइत समुहको पर्चा भेटिएको छ । कार्यलयको प्राङ्गणमा प्रेसरकुकर बम विस्फोट भएको थियो । बिस्फोट पछि स्थानीय बासिन्दाहरु त्रसित बनेका छन् ।

पर्चा तराई मुक्ति मोर्चा गोइत समुहको भएकोले उनीहरुले नै बम विस्फोट गराएको आशंका गरिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »