सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सिरी ए लिगमा इन्टर मिलान र एटलान्टाको जित

इटालियन सिरी ए अन्तर्गत मंगलबार राति भएको खेलहरुमा एटलान्टाले पर्मा विरुद्ध १-० ले पछि परेको अवस्थामा २-१ को पुनरागमन जित निकाल्दा अर्को खेल इन्टर मिलानले नपोलीसँग २-० गोल अन्तरले जितेको छ ।

पर्माको घरेलु मैदानमा भएको खेलमा खेलको ४३ औं मिनेटमा डेजानले गोल गर्दै घरेलुु टोली पर्मालाई १-० गोलको अग्रता दिलाए । त्यसपछि सो अग्रता जोगाउन नसक्दा घरेलुु टोली पर्माले गोल खान पुगे । खेलको ७० औं मिनेटमा मोलिनभोस्कीले गोल गर्दै एटलान्टालाई बराबरीमा ल्याए । फेरि खेलको ८४ औं मिनेटमा गोमेजले एटलान्टाका लागि गोल गरे । त्यसपछि खेलमा कुनै गोल हुन सकेन र नतिजा एटलान्टाले २-१ गोल अन्तरले आफ्नो पक्षमा पार्‍यो ।

इन्टर मिलानको घरेलु मैदानमा भएको अर्को खेलमा नपोली विरुद्ध घरेलुु टोलीले जित हात पार्दा टोलीका ड्यानिलो एम्ब्रोसियो र लाउरेटो मार्टिनेजले समान एक एक गोल गरे । खेलको ११ औं मिनेटमा ड्यानिलो र ७४ औं मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टर को जित पक्का गरे ।

जितसँगै इन्टर मिलान र एटलान्टा ३७ खेलबाट ७९ र ७८ अंकसहित क्रमशः तालिकाको दोस्रो र तेस्रो स्थानमा यथावत् छ । अब एक खेल कम खेलेको च्याम्पियन युभेन्टस भन्दा इन्टर चार अंकले पछि छ । पराजित नपोली र पर्मा क्रमशः ५९ र ४६ अंकसहित क्रमशः तालिकाको सातौं र एघारौं स्थानमा छ ।

भर्खरै

सम्बन्धित खबर

Language »