सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सिविन नेपाल द्वारा बालबालिकामा हुने अनलाइन दुर्ब्यबहार सम्बन्धि पत्रकारसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

सीता रेग्मी,काठमाडौं।
बालबालिकाको हितको लागि विभिन्न क्षेत्रमा काम गर्दै आइरहेको संस्था सिविन नेपाल द्वारा पत्रकारहरु बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। आज बिहिवार होटल क्राउन इम्पेरियलमा सम्मन्न भएको उक्त कार्यक्रममा घर तथा अनलाइनबाट बालबालिकामा हुने दुर्ब्यबहार सम्बन्धि छलफल भएको हो।

कार्यक्रममा बिशेष गरेर अनलाइन बाट बालबालिकामा कस्ता कस्ता खालका दुर्ब्यबहार हुन्छन भनि अन्तरक्रिया गरिएको थियो। साथै यसभन्दा अगाडी बालबालिकामा भएको दुर्ब्यबहारको रिपोर्ट पनि प्रस्तुत गरिएको थियो। कार्यक्रममा उपस्थित सबै पत्रकारले आ-आफ्नो धारणा राखेका थिए।

कार्यक्रममा अन्तरक्रियाको क्रममा सिविन नेपालका अध्यक्ष माधव प्रधानले अस्लिल भिडियो पठाउने, ब्ल्याकमेल गर्ने, जुमिङ मार्फत दुर्ब्यबहार गर्ने साथै
लक डाउनको समयमा क्वारेन्टाइनमा बस्दा समेत बालबालिकाहरु यौन दुर्ब्यबहारमा पर्ने गरेको जानकारी दिनुभयो। बालबालिकाहरु कहिले बढी दुर्ब्यबहार भए त भनि रिसर्च गर्दा लक डाउनको समयमा बालबालिकाहरु झनै बढी अनलाइन तथा घरेलु दुर्ब्यबहारमा परेको बताउनु भयो।

यस्तै पत्रकार दिपेश न्यौपानेले बालबालिकाको हितका लागि हालसम्म कुनै मिडिया वा पत्रकारले आवाज नउठाएको तथा न्युज कभरेज नगरेको गुनासो राख्नुभएको थियो। नेपालमा पत्रकारिता पेसा सुरक्षित नभएको र जोखिम मोलेर रिपोर्ट गरि ल्याएको न्युज पनि सम्पादकले तोडमोड गरि पब्लिक गरिदिनाले आफुले संदेश दिन खोजेको कुराको ठिक बिपरित आउने गरेको गुनासो पोख्नु भयो। साथै भोलिका दिनमा सिविन नेपालसँग मिलेर बलाबालिकाको हितको लागि काम गर्ने प्रतिबद्वता पनि जनाउनु भयो।

सिविन नेपाल बालबालिकाको क्षेत्रमा काम गर्ने पहिलो संस्था हो। यसले विगत १२ बर्ष देखि बालबालिकाको हितको लागि काम गर्दै आएको छ। यो संस्थाले बालबालिकामा जानेर या नजानेर हुने विभिन्न खालको दुर्ब्यबहार न्युनिकारण गर्नका लागि आवाज उठाउने तथा आवस्यक सल्लाह र परामर्श दिने गरेको छ। यदि कोहि बालबालिका दुर्ब्यबहारमा परेको भए तुरुन्त १०९८ (दश,नौ,आठ) मा निशुल्क फोन गर्न सकिने पनि जनाएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »