सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सीमामा खटिएका सशस्त्रमाथि भारतीयबाट आक्रमण,प्रहरीद्वारा गोली प्रहार,एक भारतीय नागरिकको मृत्यु

सर्लाही । भारतसँग सीमा जोडिएको सर्लाहीको पर्सा गाउँपालिकास्थित नारायणपुरमा भारतीय समूहले शुक्रबार बिहान सीमामा ड्युटीमा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण गरेको छ ।

ड्युटीमा खटिएका एक प्रहरीको हतियारसमेत उनीहरुले खोसेर लाने क्रममा सशस्त्र प्रहरीले फायरिङ गरेको छ । सशस्त्र प्रहरीको फायरिङबाट दुई भारतीयलाई घुँडामुनि गोली लागेको छ । सशस्त्र प्रहरीको हतियार खोस्ने भारतीयलाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको छ । उनलाई पनि गोली लागेको छ ।

तर भारतीय नागरिकले सशस्त्र प्रहरीका हतियार खोस्न थालेपछि भएको प्रत्याक्रमणमा एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।

मृतकको पहिचान खुलेको छैन । घटनामा सशस्त्र प्रहरीका तीन जना घाइते भएका छन् भने अन्य दुई भारतीय नागरिक घाइते भएका छन् । सशस्त्रको एउटा एसएलआर हतियार लुटिएको समेत बताइएकाे छ ।

शुक्रबार बिहान चार जनाको समूहमा आएका भारतीय व्यापारी सामान लिएर जबर्जस्ती नेपाल छिर्न खोजेपछि सशस्त्र प्रहरीले रोकेको थियो । त्यसलगत्तै ती व्यापारीहरु नजिकको भारतीय गाउँमा गएर नेपाली प्रहरीले आफूमाथि दुव्र्यवहार गरेको भन्दै सयौंको संख्यामा उनीहरु सीमामा आएका थिए ।

समूहमा आएका भारतीय नागरिकले सीमामा खटिएका प्रहरीसँग रहेको हतियार खोस्न थालेपछि एकछिन झडप समेत भएको थियो । त्यस क्रममा केही प्रहरी समेत घाइते भएका छन् । भीड तितरबितर नभएपछि र प्रहरीमाथि नै जाइलागेपछि प्रहरीले स्थिति नियन्त्रणमा ल्याउन गोली प्रहार गरेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए । उनले सीमामा तनाव रहेको जनाउँदै दुई जना भरतीयलाई गोली लागेको जानकारी दिए ।

घटनालगत्तै सशस्त्र प्रहरी र नेपाल प्रहरीको उच्च अधिकारी र भारतका सीमा सुरक्षा बल घटनास्थल पुगिरहेका छन् । केही दिनअघि मात्र सर्लाहीको फेनहारामा तस्करहरुले नेपाली सुरक्षाकर्मीमाथि आक्रमणको प्रयास गरेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »