सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सीमा सुरक्षामा खटिएका १८ सशस्त्र प्रहरीमा कोरोना संक्रमण

झापा । कोरोना भाइरस (कोभिड १९) संक्रमणको महामारीमा अग्रपंक्तिमा रहेर सीमा सुरक्षामा खटिएका १८ जना सशस्त्र प्रहरीमा संक्रमण पुष्टि भएको छ ।

झापामा आज (शुक्रबार) २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये एक महिला र १७ पुरूष रहेका छन् ।

उनीहरुमध्ये झापाको पूर्वी नाकामा सीमा सुरक्षामा खटिएका १८ जना प्रहरी रहेको झापाका सहायक प्रजिअ उमेश पाण्डेले जानकारी दिए ।

सहायक प्रजिअ पाण्डेका अनुसार प्रहरीमा संक्रमण पुष्टि भएसँगै क्याम्पलाई पूर्ण सील गरिएको छ ।

गत मंगलबार पनि दुई जवानमा कोरोना देखिएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईका अनुसार सबै सीमा सुरक्षा बल काँकडभिट्टामा कार्यरत हुन् ।

उनीहरु विगत ४ महिनादेखि सीमामा तैनाथ थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »