सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

“सुकमेल अलैँची ” तामाङ म्युजिक भिडियाेले के दर्शककाे मन जित्ला त ?

काठमाडाैँ। सेलाे प्राेडक्सनकाे व्यानरमा निर्माण गरिएको “सुकमेल अलैँची “तामाङ म्युजिक भिडियाे शुक्रवार नेपाल तामाङ कलाकार संघका उपाध्यक्ष, संगीतकार तथा गायक विश्व दाेङकाे प्रमुख आतित्थ्यतामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।

गायक प्रयास दाेङ तामाङ समुदायमा चिरपरिचित गायक हुन् । गायक प्रयास दाेङकाे ”मावली गाउँ, दाेलखा फेदी, नाकैकाे टुप्पाेमा, नेमान ज्याबा ए माया” लगाएत दर्जनाैं गीतहरू दर्शकले रूचाएका छन् ।

प्रमुख अतिथि विश्व दाेङ र विशेष अतिथि महानायक अमिर दाेङ

गायक तथा संगीतकार विश्व दाेङकाे जन्मदिनकाे अवसर पारेर सार्वजनिक गरिएको यस म्युजिक भिडियाेमा पनि गायक प्रयास दाेङकाे नै आवाज रहेकाे छ भने गायिका जितु लाेप्चनले वहाँलाई साथ दिएका छन् ।

“सुकमेल अलैँची” म्युजिक भिडियाे युवा वर्गलाई लक्षित गरि निर्माण गरेका हुन् ।

युवाहरूले क्लवमा वा अन्य कुनै ठाउँमा गएर मस्ती कसरी गरिन्छ ? भन्ने सन्देश म्युजिक भिडियाेकाे माध्यमबाट दिन खाेजिएकाे देखिन्छ । तर काेरियाे ग्राफर तथा म्युजिक निर्देशक प्रतिक ङेसुरको कता कता कमजोरी भने प्रष्टै देखिन्छ । गीत, संगीतकाे माध्यमबाट समाजलाई दुर्गतिबाट प्रगति उन्मुख बनाउने हो । कुनै पनि गीत, संगीतले केही शिक्षा, सन्देश दिएको हुन्छ तर याे म्युजिक भिडियाेले रक्सी र तमाखुलाई बढो अचम्मको चिज जस्तो बनाइएको, देखाइएको छ । कतै पनि धुम्रपान तथा मद्यपानले स्वास्थ्यमा असर गर्छ भन्ने सन्देश वा प्रतिक प्रयाेग गरेकाे देखिँदैन ।

अर्काे कमजाेरी के देखिन्छ भने गीतमा केटीलाई क्लवमा वा डान्सबारमा गएर रक्सी खाने गरेकाेमा केटाले खेद प्रकट गरिरहेकाे हुन्छ तर केटाले आफैँ रक्सी खाइरहेकाे हुन्छ । यसले के सन्देश दिन्छ त ? यदि रक्सि खाएकाे नै देखाउनु थियाे भने केटीलाई किन गाली गर्नु पर्याे । यसकारण याे म्युजिक भिडियाेले समाजलाई दिन खाेजेकाे सन्देश स्पष्ट छैन । यसकाे ख्याल काेरियाे ग्राफर वा निर्देशकले ध्यान पुर्याउन सकेकाे भए गीतले दिन खोजेको सन्देश पुरा हुने थियाे कि ?

गायक प्रयास दाेङ

गायक र गायिकाकाे कलात्मक स्वरले एक पटक याे म्युजिक भिडियाे सुन्न र हेर्न बाध्य बनाउँछ नै । संगीतले जादु नै चलाएको छ । रचनाकारले शब्द चयनमा विशेष ध्यान दिएकाे भए सायद याे म्युजिक भिडियाेले धेरै चर्चा पाउन सक्ने थियाे ।

गायिकाले ”थाङ्ने” शब्द प्रयाेग गरेकाे देखियो । यसकाे अर्थ के हाे ? र तामाङ भाषामा यसले के अर्थ राख्छ? विचार गरेमा राम्राे हुने थियाे ।
हुन त पछिल्लाे चरणमा तामाङ समुदायमा म्युजिक भिडियाे निर्माण गर्ने भनेकाे चर्चा कमाउनकाे लागि मात्र जस्ताे देखिन्छन् ।

त्यसकारण हामीले कस्ताे संस्कृतिलाई अपनाउने भनेर ध्यान पुर्याउन सकेमा तामाङ समुदायले गीत संगीतकाे माध्यमबाट धेरै परिवर्तनकाे आयाम थप्न सकिन्छ हाेला ।

बाँकी म्युजिक भिडियाे सुनेर नैआम गीत, संगीत प्रेमीहरूले कमेन्ट र सुझाव दिनुहाेला ।

भर्खरै

सम्बन्धित खबर

Language »