सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सुकुम्वासीलाई खानाकै समस्या

नेपालगञ्ज, नेपालगञ्ज–२० मनीकापुर गायत्रीनगर बसोबासरत सुकुम्वासी÷भूमीहिनलाई समस्यामाथि समस्या थपीदै गएका छन् ।

कोरोना (कोभिड १९) को बढ्दो संक्रमणकाबीच निरन्तरको लकडाउन र बेला बेला गरिएको निषधाज्ञाले मजदुरी गरेर जीवन निर्वाह गर्र्र्ने उनीहरुलाई खाना खान समेत समस्या परिरहको छ ।
वर्षौदेखि सुकुम्बासी÷भूमीहिनका नाममा आदर्श माविको जग्गामा बसोवास गरिरहेका ६० परिवारहरुलाई हालै नजीकै नाला किनारमा स्थानान्तरण गरिएपछि व्यवस्थित बस्ने प्रयास जारी रहको थियो ।

वडा न २० वडा समिति कार्यालयको अग्रसरता र सम्वाद समूह, बाँकेको सम्वाद सहजीकरणपछि डेढ दशक अघिदेखिको बसोबासको किचलो अन्तय भएको थियो ।

विद्यालयको अतिक्रमित जग्गा खाली भइसकेको थियो भने अधिकांस परिवारले घर बनाएर अन्यत्र बस्ने चाँजो मीलाइरहेका बेला लकडाउन भएपछि विचल्ली भएको हो । सो क्षेत्रमा कुछबंधीयासहित करिव ८५ घरपरिवार रहेका छन् ।

दिनभर काम गरेर साँझपख जोहो गर्र्र्र्र्ने अधिकांस परिवार यती बेला थप आहतमा परेका छन् । अपांग, असक्त, एकल महिला, वृद्ध, वृद्धाहरु झनै अफ्ठयारोमा परेका छन् । लगातारका बन्दले मजदुरी गर्ने, रिक्सा चलाउने, मीस्त्री, ठेला व्यापार , घुम्टी पसल लगायतका काममा संलग्नहरु पनि मारमा परेका छन् ।
भएको रासन पानी, पैंसो सबै सकियो, काम गर्र्ने बातावरण पनि छैन । के गरेर गुजारा गर्र्ने हो भन्ने पीर छ — कृष्ण बहादुर कामीले सामुहिक समस्या सुनाए ।

केही समय अघि वडा कार्यालय, विभिन्न सामाजिक संघसंस्थाको खाद्यान्न सहयोगले केही राहात भएपनि अहिले भने थप समस्या दखीएको छ ।

स्थानीय अगुवा लाल बहादुर परियारले भने— खाने कुरा पनि छैन्, काम पनि छैन, समस्यामाथि समस्या थपीएको छ । अपागं समेत रहेका परियारको एउटै माग थियो —कहीं कतैबाट खाद्यान्न सहयोग जुटाई दिनुस् ।

भर्खरै

सम्बन्धित खबर

Language »