सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सुत्केरी महिलाकाे घर-घरमा पुगे धुलिखेल नापाकाे उपमेयर शर्मा

काभ्रे । नारीकाे दुःख नारीले मात्र बुझ्न सकिन्छ भन्ने धुलिखेल नगरपालिकाकाे उपमेयर विमला शर्माले प्रमाणित गरेकाे छ । लकडाउनकाे समय अवधिमा सुत्केरी भएकाे महिलाहरूकाे घर-घरमा पुगेर अावश्यक सामाग्रीहरू वितरण गरेकाे छ ।

उहाँले सुत्केरी महिलाहरुको स्वास्थ्यमा प्रत्यक्ष असर नपराेस भन्दै धुलिखेल नगरपालिका भित्र रहेका ४२ दिन भित्रका सुत्केरी महिलाहरुका लागि अण्डा, घिउ र बच्चाहरुका लागि एक जोर न्यानाे कपडा उपलब्ध गराईएको छ ।

नगरपालिका भित्र उक्त अवधि भित्रका ५८ जना सुत्केरी महिलाहरु रहेको तथ्याङ्क स्वास्थ्य शाखाले उपलब्ध गराए पछि नगर उपप्रमुख विमला शर्माले आफ्नै खर्चमा सुत्केरी महिलाहरुका लागि एक क्रेट अण्डा, एक माना घिउ र बच्चाकाे लागि एक जाेर न्यानाे कपडा उपलब्ध गराउनु भएको हो ।

‘उहाँहरुकै मतले निर्वाचित भएँ, उहाँहरुका लागि संकटमा केहि सहयोग गरौ र शरिरलाई स्फुर्ति बनाउन थोरै सहयोग उपलब्ध गराउने निर्णय गरेको हुँ’–उपप्रमुख शर्माले भन्नु भयो–‘१२ वटै वडामा रहेका ४२ दिन भित्रका सुत्केरी महिलाहरुका लागि यो सहयोग उपलब्ध हुनेछ । ।’ नगर भित्रका १२ वटा वडामा 5८ महिलाहरु सुत्केरी रहेको ले ।

सुत्केरी आमाहरुलाई घिउ र अण्डा र वच्चाकाे लागि एक जोर न्यानाे कपडा उपलब गराईएको उपप्रमुख शर्मा ले बताउनु भयाे।

काभ्रेबाट साराखबरकाे प्रतिनिधि मिलन कुमार गाैतमले तयार गरेकाे रिर्पाेट

भर्खरै

सम्बन्धित खबर

Language »