सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सुदिप लामाको “खासा बजार घुम्नलाई जाँदा ” बोलको गीत सार्वजनिक

काठमाडौं । गीत संगीत को क्षेत्रमा आजकाल बजारमा दैनिक जस्तै नयाँ नयाँ एल्बम हरु आई रहेका छन् ।

यहि नयाँ एल्बम आउने क्रममा आज सुदिप लामाको “खासा बजार घुम्नलाई जाँदा ” नामक गीत बजारमा आएको छ ।

यो गीतमा सुदिप लामा र लामु शेर्पा को स्वर ,रिक्देन पाख्रीन को शब्द ,जोगलाल लामाको एरेन्ज तथा संगीत , दीप स्टुडियोमा अर्पन थिङ को मिक्सिङ छ ।

यो गीत को म्युजिक भिडियोमा सुदिप लामा र कुन्साङ लामाको मुख्य अभिनय रहेको छ भने निरमाया तितुङ र मीन बहादुर बोम्जन ले पनि अभिनय गरेका छन्।

अतिथी कलाकार को रुपमा आकाश श्रेष्ठ ,दिनेश बोम्जन,विशेष बोम्जन पनि यो भिडियो मा देखिएका छन् ।

पाल्देन लामाको निर्देशनमा बनेको यो भोडियोको छायांकन र सम्पादन कृष्ण ब्लोनले गरेका छन् ।

सेलो भाकामा बनेको यो गीतले साँगीतिक बजारमा राम्रै चर्चा पाउने निर्माण पक्षहरूले दाबी गरेका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »