सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सुधार गृहमा किशोरको शंकास्पद मृत्यु, कुटपिटकाे कारणले मृत्यु भएकाे मृत्क पक्षकाे दाबी

काठमाडौँ। काभ्रेको पनौतीमा रहेको सुधार गृहमा एक किशोरको शंकास्पद मृत्यु भएको छ । मृतकका आफन्तले कुटपिटका कारणले मृत्यु भएको बताएका छन् ।

पनौती नगरपालिका वडा नं ८ मा रहेको पिस होम पुनःस्थापना केन्द्रमा राखिएका मण्डनदेउपुर नगरपालिका वडा नं १० का स्थायी बासिन्दा १७ बर्षिया सुहोन श्रेष्ठ बिरामी परेपछि उपचार गराउन अस्पताल ल्याउने क्रममा मृत्यु भएको प्रहरीको दाबी छ ।

आफन्तका अनुसार मृतकको शरिरको बिभिन्न भागमा निलडाम र चोटपटक देखिएको छ । उपचार गराउन नभएर मृत्यु भएपछि मात्रै अस्पताल लगिएको मृतकका काका राम श्रेष्ठले बताउनुभएको छ।

प्रहरीले बिरामी भएको भनेर अस्पतालमा बोलाउँदा भजितलाई वेवारिसे अवस्थामा मृत्यु भैसकेको रुपमा राखिएको श्रेष्ठले बताउनुभएको छ। इलाका प्रहरी कार्यालय बनेका प्रमुख राजन कोइरालाले मृतक श्रेष्ठको शव पोष्टमार्टमका लागि धुलिखेल अस्पताल लगिएको जानकारी दिनुभएको छ। घटना प्रति अनुन्धान भइरहेको बताईएको छ ।

सारा खबरलाई प्राप्त भएको मृत्कको फोटोमा निलडाम स्पष्ट देखिएको छ । यसकारणले पनि शंका उब्जीएको हुनसक्ने देखिन्छन् ।

नाेटः यो समाचारलाई नौलो समाचार.कमले बाहिर ल्याएर आएको हो । सारा खबरको प्रतिनिधिले यसको वास्तविक घटनाको बारेमा अध्ययन गरिरहेको छ । सम्बन्धित निकायबाट सत्य तत्थ्य भिडियो सहित यो समाचारको यथार्थलाई सबैको सामु ल्याउने छौ ।

भर्खरै

सम्बन्धित खबर

Language »