सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सुनकोशी नदीमा डुबेर दुईजना बेपत्ता

काभ्रेपलान्चोक।  सुनकोशी नदीको पच्वारघाट  क्षेत्र मा पौडी खेल्न भनेर गएका २ जना बेपत्ता भएका छन् ।तेमाल गाउँपालिका वडा नं.२ को रामजि तामाङ को छोरा वर्ष २१ को  शुशिल तामाङ, धनद्वज तामाङको छोरा वर्ष २१ को  दिल द्वज तामाङ सुनकोसीमा पौडी खेल्न जादा नदीमा डुबेर बेपत्ता भएका हुन्

पच्वारघाटको प्रहरी इन्चार्ज हवालदार राजन खड्काले दिएको जानकारी अनुसार स्थानिय र  प्रहरीहरुले आसपास क्षेत्रमा खोजि गर्दा फेला पार्न नसकेपछि जिल्लाबाट खोजी का लागि गोत्ताखोरहरुको टोलि बोलाईएको र  टोली घटना स्थलमा पुगेतापनि सुनकोशी नदी धमिलो भएको कारण अहिले सम्म भेट्न सकिएको छैन ।

स्थानिय र प्रहरीहरुको टोलि सहितले अहिले पनि  खोजि कार्य जारी  राखेका  छन्।

भर्खरै

सम्बन्धित खबर

Language »