सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सुनकोसीको बाढीले तेमाल खानेपानी आयोजना अवरुद्ध

काभ्रे । काभ्रे जिल्लाको बृहत तेमाल खानेपानी आयोजना अविरल वर्षातको कारणले सुनकोसी नदिमा आएको बाढीको कारण क्षति भएको छ ।

बाढीको कारण अर्बौको खानेपानी आयोजना र स्थानीयको बस्ती नै जोखिम हुने भएपछि माओवादी केन्द्रका नेता एवम् पुर्व उर्जा राज्यमन्त्री सुर्यमान दोङ र बागमती प्रदेस सभा सदस्य रत्न ढकाल अनुगमनको लागि प्रभावित क्षेत्र पुगेका हुन् ।

बाढीले बृहत तेमाल खानेपानी आयोजनाको पानी ट्याङ्की लगायत स्थानीयको सयौं रोपनी खेत, कृषि फर्म, जस्ताका टहराहरु बगाएका छन् ।

बाढी प्रभावित क्षेत्रको अनुगमन गर्दै पुर्वमन्त्री दोङले आफुले जीवन दिएको बृहत तेमाल खानेपानी आयोजना र स्थानीय बासिन्दाको भएको जनधनको क्षतिमा दुख व्यक्त गरेका छन् साथै खानेपानी आयोजना र जनताको जनधनको रक्षा तथा क्षतिपूर्ति लागि आफुले तत्काल सम्बन्धित निकायको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अनुगमनको क्रममा पीडित स्थानीयले बढ्दो सुनकोसी नदिको दोहन र अवैध बालुवा तथा ढुङ्गा उत्खननको कारण नदिको आफ्नो धार परिवर्तन गरेर बढीले बस्तीमा क्षति पुर्याएको बताए ।

बाढी पीडितहरु संग कुरा गर्दै बागमती प्रदेश सभा सदस्य रत्न ढकालले पहिलो प्राथमिकता बस्ती र खानेपानी आयोजना संरक्षण गर्नुपर्ने भएकोले खहरेघाट देखि याङबेल खोला सम्मको लागि तार जाली ग्यावीन गर्नु पर्ने भएकोले यसका लागि आफुले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »