सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सुनको भाउमा रेकर्ड ब्रेक, एकैदिन बढ्यो १३ सय रुपैयाँ

काठमाडौं । सुनको भाउले फेरि रेकर्ड ब्रेक गरेको छ ।

बुधबार एकैदिन सुनको भाउ प्रतितोला १३ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९४ हजार रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३ हजार ५६० रुपैयाँ निर्धारण भएको छ । यो अहिलेसम्मकै सर्वाधिक बढी मूल्य हो ।

चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च तोलाको ११ सय ३५ रुपैयाँ पुगेको छ ।

मंगलबार छापावाल सुनको भाउ तोलाको ९२ हजार ७ सय रुपैयाँ रहेको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको ९२ हजार २६० रुपैयाँ निर्धारण भएको थियो । चाँदीको मूल्य १ हजार ४० रुपैयाँ रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »