सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सुनको मुल्य अहिलेसम्मकै बढि, राख्यो नँया रेकर्ड

काठमाण्डाै / २५ असार
पछिल्लो समय सुनको मुल्य निकै बढेको छ । आज नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको छ । बिहीबार नेपाली बजारमा छापावल सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय रुपैयाँ पुगेको छ ।

अघिल्लो दिन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ९ सयले बढेर ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको हो । यसअघि सुनको मूल्य ९१ हजार ७०० रुपैयाँसम्म पुगेर घटबढ हुँदै आएको थियो ।

यस्तै तेजाबी सुनको मूल्य ९१ हजार ९६५ रुपैयाँमा कायम भएको छ भने चाँदीको भाउ तोलामा २५ रुपैयाँले बढेर ९८० रुपैयाँ प्रतितोला कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी बिहीबार चाँदीको मूल्य पनि बुधबार ९५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार बढेर ९८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »