सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सुनको मूल्य पाँच सयले घट्यो, कारोबार कति ?

काठमाडौं। नेपाली बजारमा आज सुनको भाउ ५ सयले घटेको छ ।

आइतबार ८ सय रुपैयाँले बढेर ९५ हजार ६०० मा कारोबार भएको सुन सोमबार स्थिर रहेको भएपनि मंगलबार भने ५ सयले घटेको हो । आज ९५ हजार १ सयमा कारोबार भइरहेको छ ।

गत साताको पहिलो दिन आइतबार प्रतितोला २ सय रुपैयाँले बढेको सुन सोमबार ४ सयले घटेको थियो । मंगलबार सुन एकै दिन ८ सयले बढेको थियो ।

त्यस्तै,बुधबार ८ सयले नै घटेको सुन विहिबार भने प्रतितोला ९३ हजार ९०० मा कारोबार भएको थियो । शुक्रबार ९ सयले बढ्दै ९४ हजार ८ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार तेजाबी सुनको आजको मूल्य ९४ हजार ६ सय कायम गरिएको छ ।

यता चाँदीको भाउ पनि आज २० रुपैयाँ घटेको छ । आज चाँदी १ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »