सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सुनको मूल्य ६ सयले गिरावट, कति छ कारोवार ?

काठमाडौँ। नेपाली बजारमा आज सुनको भाउ ६ सयले घटेको छ । आज सुन ९४ हजार ५०० मा कारोबार भइरहेको छ ।

आइतबार ८ सय रुपैयाँले बढेर ९५ हजार ६०० मा कारोबार भएको सुन सोमबार स्थिर रहेको भएपनि मंगलबार भने ५ सयले घटेको हो ।

मंगलबार ९५ हजार १ सयमा कारोबार भएको सुन बुधबार ९४ हजार ५ सयमा कारोबार भएको हो ।

गत साताको पहिलो दिन आइतबार प्रतितोला २ सय रुपैयाँले बढेको सुन सोमबार ४ सयले घटेको थियो । मंगलबार सुन एकै दिन ८ सयले बढेको थियो ।

बुधबार ८ सयले नै घटेको सुन विहिबार भने प्रतितोला ९३ हजार ९०० मा कारोबार भएको थियो । शुक्रबार ९ सयले बढ्दै ९४ हजार ८ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार तेजाबी सुनको आजको मूल्य ९४ हजार कायम गरिएको छ ।

यता चाँदीको भाउ पनि आज २० रुपैयाँ घटेको छ । आज चाँदी १ हजार २०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »