सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सुनौली नाकामा मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टि भएपछी भारतमै अन्त्येष्टि गरिने

बुटवल । भातरबाट घर फर्कने क्रममा सुनौली नाकामा मृत्यु भएका नवलपरासी पश्चिम सुस्ताका ३५ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतीय पक्षले दिएको जानकारी अनुसार उनको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको बेलहिया प्रहरी चौकीका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले बताए ।

‘मृतकको शवलाई भारतीय पक्षले भारतकै अस्पतालमा लगेको थियो,’ प्रहरी निरीक्षक अधिकारीले भने, ‘भारतमै गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको छ । शवको व्यवस्थापन पनि भारतीय पक्षले नै गर्ने कुरा आएको छ ।’

भातरको मुम्बईबाट मजदुरी गरी फर्कने क्रममा बुधबार बिहान बेलहिया गेट पारीपट्टि सुनौली बजारमा उनको मृत्यु भएको थियो ।

उनी पाल्पाका तीन जना साथीसँग बुधबार बिहान ४ बजे बसमार्फत सुनौली नाका आइपुगेका थिए । सुनौली बजारमा बस्ने क्रममा बुधबार बिहान उनले अचानक वान्ता गरेका थिए । सोही क्रममा उनको मृत्यु भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »