सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सुस्ताएको सरसफाइ अभियानले फेरी गतिलिन थाल्यो

काठमाडौं । २०७० सालमा आधिकारीक रुपमा शुरुभएको बागमती सफाइको नियमितता संगै काठमाडौं उपत्यका तथा देशैभरी सयौं अभियानहरु संचालन भईरहेका छन ।
बिगत २ वर्ष देखि विश्वलाईनै आक्रान्त बनाईरहेको कोरोना भाइरसको कारण केहि समयदेखि सूस्ताएको सफाइ अभियानहरुले कोरोनाको मनोसामाजिक डर बिस्तारै हट्दै गए संगै गति लिन थालेको छ ।
२०७४ बैसाक २ गते बाट शुरुभएको चक्रपथ सरसफाइ अभियानलेपनि आफ्नो २३३ औं हप्ताको नियमित कार्यक्रम बसुन्धारा तिर्लिङ्गेटार आसपास सफाइ गरी सम्पन्न गरेको छ ।
बिभिन्न सफाई कम्पनिका प्रतिनिधिहरु , सरसफाई मजदुरहरु , सफाई अभियन्ताहरु ,स्थानियहरु ,नेपाल प्रहरी, ट्राफीक प्रहरी लगाएतको सहभागितामा ग्रीनसिटी अस्पताल देखि बसुन्धारा चौकी सम्म सफाइ गरीएको थियो ।
फोहर ब्यबस्थापनको गाडी काठमाडौं महानगरपालिकाले गरेको थियो ।
कार्यक्रममा साउण्ड सिस्टम भ्रष्टचार बिरुद्ध नागरिक अभियानले ब्यबस्था गरेको थियो भने आवस्यक पन्जा र फोहर उठाउने झोला ग्रनिसिटी अस्पतालले ब्यबस्था गरेको थियो ।
ग्रीनसिटी अस्पतालका अध्यक्ष लोक बहादुर टण्डन को संयोजकत्वमा शुरुभएको अभियानमा पहिलो पटक बिभिन्न सामाजिक ब्यक्ति हरुलाई जिम्मेवारी तोकेर अभियानलाई ब्यापक बनाउने निर्णय गरे संगैं अभियानले गति लिएको हो ।
अभियानको संयोजकमा टण्डन स्वयं रहनेगरी ब्यबस्थापकमा डिबि पराजुली , कला संस्कृति तथा साउण्ड सिस्टम ब्यबस्थापन मा तिलक बस्नेत , संघ संस्था समन्वयमा जित बहादुर हमाल ,विद्यार्थि तथा शैक्षिक क्ष्ोत्र समन्वयमा धनिश्वर पाण्डे र फोहर ब्यबस्थापन संघ संस्था / कम्पनि समन्वयमा मुकुन्द सिलवाल लाई जिम्बेवारी दिइएको छ भने बाँकि अन्य बिभाग हरु बनाएर अभियानलाई अझ ब्यापक बनाउने लामो समयदेखि अभियानमा सकृय भुमिका निर्वाह गरेका मुकुन्द सिलवालले बताउनु भयो ।
कार्यक्रमको समापनको क्रममा अभियानको सकृय अभियन्ता लिला खनालको जन्मदिन मनाउँदै संयोजक लोक बहादुर टण्डन ले खादा लगाएर सम्मान गर्नु भएको थियो ।
अभियान भनेको एउटा परिवार भएकोले यसका सदस्य हरुको दुखः सखमा आफु सधैं साथ रहने पनि संयोजक टण्डनले बताउनु भयो ।

भर्खरै

सम्बन्धित खबर

Language »