सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सुस्मिताको हत्यामा संलग्न ४ अभियुक्त सार्वजनिक, सम्पत्तिका लागि हत्या गरिएको खुलासा

हेटौंडा / १३ असार
हेटौंडा–४, सूर्यचौकमा गत असार २ गते भएको महिला हत्यामा संलग्नलाई मकवानपुर प्रहरीले सार्वजनिक आज गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौंरले सुस्मिता थापाको ह’त्यामा मृतककै ससुरा प्रकाश थापा, सासु तुलसा थापा, नन्द सीता थापा र आमाजू दुर्गा थापा संलग्न रहेकाे भन्दै पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्नु भएको हाे ।

करीब ९ महिनाअघि सवारी दुर्घटनामा छोरा रुपेन्द्र थापाको मृत्यु भएपछि बुहारीलाई घरका सदस्यहरूले मानसिक यातना दिने र ससुरा प्रकाश थापाले यौ’न दु’र्व्यवहारको प्रयास गर्ने गरेको पाइएको छ । पत्रकार सम्मेलनमा प्रहरीले ह’त्याको कारण यौ’न दु’र्व्यवहारको घटना लुकाउन र दुर्घटनामा छोराको ज्यान गएपछि पाउने क्षतिपूर्ति (छोराले काम गर्ने कार्यालयबाट आउने करीब ४० लाख) रुपैयाँका लागि बुहारी सुस्मिताको ह’त्या गरेको जनाएको छ ।

मृतक सुस्मिताका ससुरा प्रकाश थापाले छोराको नामबाट आउने सबै रकम आफूलाई नै दिनुपर्ने दबाव दिँदै आएका थिए । दुर्घटनामा मृत्यु भएका रिपेन्द्र थापाको बीमा वापतको १० लाख ६३ हजार रुपैयाँ ह’त्यामा संलग्न प्रकाश थापाले लिइसकेको समेत पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको छ ।

असार १ गते राति खाना खाने समयमा मृतक सुस्मितालाई भान्सा कोठामा मसला पिस्ने लोहोरोले टाउकोमा हिर्काएर ह’त्या गरेपछि आत्मह’त्याजस्तो देखाउन प्रकाश भान्सा कोठाको ढोका बन्द गरी झ्यालबाट निस्किएको प्रहरी अनुसन्धानले देखाएको छ । राति ह’त्या गरे पनि बिहान छिमेकीलाई बुहारीले भान्सा घरमा आत्मह’त्या गरेकोले प्रहरीलाई खबर गरिदिन भन्दै उनी आएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालयले हत्यामा संलग्नहरुलाई मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा ४१ बमोजिम क्रु’र या’तना दिई ज्यान मा’र्ने कसूरमा जन्मकैद हुने प्रावधानअनुसार कारबाही अघि बढ्ने जनाएकाे छ ।

भर्खरै

सम्बन्धित खबर

Language »