सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सूचना आयोगको वार्षिक प्रतिवेदन संसदमा पेस गर्ने व्यवस्था मिलाउन संसदीय समितिको निर्देशन

काठमाडौं। राष्ट्रिय सूचना आयोगको प्रतिवेदन संघीय संसदमा पेस गर्ने कानुनी व्यवस्था मिलाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई संसदीय समितिले निर्देशन दिएको छ ।

जनताको सूचनाको हक सम्बन्धी मौलिक हक कार्यान्वयनका लागि गठन भएको आयोगको प्रतिवेदन संसदमा पेस हुनुपर्ने भन्दै संघीय संसद प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले उक्त निर्देशन दिएको हो ।

समितिको मंगलबारको बैठकले आयोगको वार्षिक प्रतिवेदन संसदमा छलफल गर्ने नीतिगत व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएको हो ।

समितिको बैठकमा राष्ट्रिय सूचना आयोगबाट सम्पादित काम र आगामी कार्ययोजनाका सम्बन्धमा छलफल भएको थियो ।

विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्काले बैठकका निर्णय सुनाउँदै आयोगले तयार गरेको वार्षिक प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पेस हुने गरेको तर त्यसमाथि कुनै छलफल नभएकोले संसदमा पेस गरी छलफल गर्ने नीतिगत व्यवस्था मिलाउन निर्देशन दिएकी हुन् ।

भर्खरै

सम्बन्धित खबर

Language »