सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सेकुवा जक्सनमा 1 million views ”आताउ सेम चम चम”

काठमाडौँ । हेरुका लामा युटुब च्यानल अफिसियलबाट सार्वजनिक भएको आताउ सेम चम चम म्युजिक भिडियोले नब्बेदिनमा दश लाख (१ मिलियिन) भ्युज कमाउन सफल भएको उपलक्क्षमा बौद्ध पीपलबोटको सेकुवा जक्सनमा केक काटेर उत्सव मनाएको छ ।

तीन महिना अगाडी सार्वजनिक भएको यो म्युजिक भिडियोमा निरञ्जली लामा, हेरुका लामा र सवु गोलेको अभिनय रहेको छ । गायक बेनु लामा र गायीका सृजना स्याङतनको सुमधुर आवाजले सबैको मन जीत्न सफल भएको छ । यो गीत तामाङ समुदायले सर्वधिक रुचाएका छन् ।

प्रतिक मोक्तानको शब्द रहेको यो गीतमा जोगलाल लामाको संगीत र एरेन्जर रहेको छ । वान मिलियन उत्सव मनाउने कार्यक्रममा तामाङ समुदायको महानायक अमिर दोङ, हास्यकलाकार तथा गान्बा कुइसाङ रुम्बा, पत्रकार सुदिन लामा दोङ, छेडुप दोङ तामाङ, मिङमा योञ्जन लगाएतका व्यक्तिहरुको उपस्थिति रहेका थिए ।

निरन्तररुपमा तामाङ समुदायमा पछिल्लो समयमा धेरै म्युजिक भिडियो सार्वजनिक क्रम जारी रहेको छ । ल्होछारको अवसरमा पनि दर्जनौ म्युजिक भिडियोहरु सार्वजनिक भएका छन् । बौद्धको पीपलबोट नजिकै रहेको सेकुवा जक्सन अहिले कलाकारहरुको उत्सव मनाउने स्थलकोरुपमा स्थापीत हुँदै गएको छ । गायक बेनु लामा पनि त्यस जक्सनको संचालक हुन् भने इश्वराज लामा, विश्वराज लामा, शुवर्ण तामाङ को टीम रहेको छ ।

सोनाम ल्होछारको अवसरमा आयोजना गरेको ल्होछार कार्यक्रममा सेकुवा जक्सनलाई सेवा दिन गाह्रो भएको थियो । त्यस दिन तामाङ समुदायको विशेष व्यक्तिहरुको उपस्थिति रहेका थिए भने तामाङ समुदायको सेलो किङ चन्द्र कुमार दोङ, नेपाल तामाङ कलाकार संघको अध्यक्ष विश्व दोङ, गायक निमा दोङ, गायक हावा लामा, पहिलो ¥यापर उत्तर संगूला लामा लगाएतका गायकहरुको बेजोड प्रस्तुती रहेका थिए ।

सामाजिक संजालमा केहि व्यक्तिहरुले टँुडिलखेलमा मनाउन नपाएता पनि तामाङ समुदायले रेष्टुरेण्डमा गएर मनायो ल्होछार भनेर व्याङग्य गरेको थियो । जे होस् तामाङ समुदायले पछिल्लो चरणमा विभिन्न क्षेत्रमा सफलता हासिल गरेर अगाडी बढीरहेका छन् । यसकारणले सामान्यतय खिसिटिउरीलाई सहदै अगाडी बढेमा तामाङ समुदायका व्यवसायी, कलाकार , पत्रकार सबैले सफलता हासिल गर्न सक्ने छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »