सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सेतीमा बेपत्ता भएका २ स्वास्थ्यकर्मीमध्ये एकको शव फेला पर्यो

काठमाडौं। डोटीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका दुई स्वास्थ्यकर्मीमध्ये एक जनाको शव फेला परेको छ।

सेती नदीमा नुहाउने क्रममा शनिबार बगेका डडेल्धुरा उप–क्षेत्रीय अस्पतालमा कार्यरत ल्याब असिस्टेन्ट हरिश जोशीको शव डोटीको केआईसिंह गाउँपालिकाको नारीदाङमा फेला परेको प्रहरीले जनाएको छ।

डडेल्धुराको परशुराम नगरपालिका घर भएका जोशीको शव फेला परेको र सँगै वेपत्ता भएका स्वास्थ्य सहायक विनयबहादुर सिंहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक जनकराज पाण्डेले जानकारी दिएका छन्।

उनीहरु जिल्ला सदरमुकाम सिलगढीमा रहेको सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शैलेश्वरी मन्दिर दर्शन गरी फर्कने क्रममा शिखर गाउँपालिका–१० बानीडुग्रीसैनस्थित सेती नदीमा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका थिए।

भर्खरै

सम्बन्धित खबर

Language »