सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सेनाका दुई उच्च अधिकृत सहायक रथी रावल र महासेनानी खड्का बर्खास्त

काठमाडौँ,१७ असार।
नेपाली सेनाले सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई बर्खास्त गरेको छ । बुधबार बसेको समरी जनरल सैनिक अदालतबाट अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको अभियोगमा दोषी ठहरिएका सहायक रथी सुरेन्द्र सिंह रावल र महासेनानी अनिल खड्कालाई बर्खास्त गरेको हो ।

माथिल्लो कमाण्डरले लिखित रुपमा दिएको आदेश जानी जानी पालना नगरी अवज्ञा सम्बन्धी कसूर गरेको, सैनिक सुव्यवस्था तथा अनुशासन विपरितको काम गरेको र आफ्नो ओहदा अनुसारको जिम्मेवारी र आचरण नगरेको जनाइएको छ।

पद्दती र प्रणालीमा आधारित संगठन सञ्चालनमा जोड दिँदै पारदर्शिता र जवाफदेहिता कायम गर्ने तथा दण्डहिनताको अन्त्य गर्ने वर्तमान नेतृत्वको लक्ष्य अनुसार अनुशासन र आचरण बिपरित कार्य गर्नेहरुलाई शुन्य सहनशिलताको नीति अवलम्बन गर्दै संगठन सुदृढीकरणमा नेपाली सेना प्रतिवद्ध रहेको सेनाले विज्ञप्तिमार्फत स्पष्ट पारेको छ।

बर्खास्त भएका सहायक रथी रावल अमेरिकाबाट भर्खर मात्रै वार कलेज सकेर फर्किएका हुन् । महासेनानी खड्का भने वार कलेजका लागि मनोनयनमा परेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »