सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सेप्टेम्बरदेखि हवाई उडान सुरु गर्ने सरकारको तयारी : उद्दार उडान जुलाई १२ बाट बन्द

काठमाडौं / २५ असार
सरकारले सेप्टेम्बरदेखि उडान सुरु गर्ने तयारी गरेकोे छ। संस्कृति, पर्यटन तथा उड्डयन मन्त्रालयले यसका लागि सरोकारवालासँग छलफल थालेको छ।

सरकारले चैत्र ११ गतेदेखि लकडाउन लागू गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान साउन ७ गतेसम्मका लागि बन्द गरेको छ। अहिले बन्द भएका सबै उडान सुरु गर्ने तयारीमा सरकार जुटेको हो।

पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले खोल्ने विषयमा छलफल सुरु भएको जानकारी दिनुभयो । ‘छलफल सुरु भए पनि तत्कालै खोल्ने विषयमा निर्णय हुँदैन’, लामिछानेले भन्नुभयो,‘छलफल गर्दै छौं। अर्कोतर्फ कोरोनाको संक्रमण बढ्दै गएको अवस्थालाई पनि मूल्यांकन गर्र्दै छौं। परिस्थिति मूल्यांकन गरी उडान कहिलेदेखि खुलाउने भन्ने विषयमा निर्णय गर्नेछौं। ’

सेप्टेम्बरदेखि सन् २०२० का लागि दोस्रो पर्यटकीय मौसम सुरु हुने भएकाले उडान सुरु गर्ने पक्षमा व्यवसायी छन्। छिमेकी मुलुक भारत र चीनले पनि बन्द गरेको आन्तरिक उडान सुरु गरिसकेको छ।

कोरोनाका कारण विदेशमा रोजगारी गुमाएका र अलपत्र परेका नेपाली स्वदेश फर्काउने अभियान आगामी जुलाई १२ सम्मका लागि तय गरिएको छ। सरकारले जुन १४ गतेबाट जुन ३० तारिखसम्मका लागि तय गरिएको उद्धार उडान अहिले जुलाई १२ सम्मका लागि पुर्‍याइएको पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिनुभयो। जुलाई १२ बाट भने उद्दार उडान बन्द गरिने उँहाको भनाइ छ।

भर्खरै

सम्बन्धित खबर

Language »