सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सेमिफाइनलमा प्रेरणा कोइराला र अभिलाषा विष्ट

पोखरा, पोखरामा जारी आईटीएफ जुनियर विश्व वरीयता टुर टेनिस प्रतियोगितामा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन्। बिहीबार सम्पन्न खेलमा सफलता हात पार्दै नेपाली खेलाडी प्रेरणा कोइराला र अभिलाषा विष्ट सेमिफाइनलमा प्रवेश गरेका छन्। प्रेरणा र अभिलाषाले अब फाइनल प्रवेशका लागि क्रमशः भारतीय र सिंगापुरका खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन्।

प्रेरणाले क्वार्टरफाइनल खेलमा नेपालकै सलोनी तामाङलाई ७–६(५), ६–४ अंकले पराजित गरिन्। अभिलाषा भने क्वार्टरफाइनल खेलमा जापानकी आओका नागासावालाई ६–१, ६–४ को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेकी हुन्। अर्को क्वार्टरफाइनल खेलमा भारतीय खेलाडी गर्गी परवरले चिनियाँ खेलाडी सुहाङ लियाङलाई ६–२, ६–२ अंकले हराइन्।

यसैगरी सिंगापुरकी डिने चो भने चीनकी हुवाई चाङलाई ७–५, ६–२ अंकले पाखा लगाउँदै सेमिफाइनलमा पुगेकी हुन्। प्रतियोगिता कास्की जिल्ला टेनिस संघको आयोजना र अन्तर्राष्ट्रिय टेनिस महासंघको समन्वयमा भएको हो।

पुरुषतर्फ भारतीय खेलाडी जस्मिनी सिधानाले भारतकै टोरस रावतलाई ६–२, ६–१ ले हराए। अर्का भारतीय खेलाडी कृष्ण होडाले जापानका साटोरु नाकाजिमालाई पराजित गरे। जापानका सोगो सान्दाले भारतका आर्यन लक्ष्मणलाई ६–७(४), ६–०, ६–४ अंकले पराजित गरे। भारतका अमन दहियाले जर्मनका पल आर्मिन अल्बर्टलाई ६–३, ६–३ अंकले पाखा लगाए। विजयी खेलाडी सेमिफाइनलमा पुग्न सफल भए।

भर्खरै

सम्बन्धित खबर

Language »