सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सोङ्मित थिङले “हेर्दैमा राम्री” म्यूजिक भिडियोलाई उचाई पु¥याउन सक्ला ?

काठमाडौं । नेपाली सांगीतिक बजारमा सेलो संगीतको महत्व फरक छ । पछिल्लो समयमा सेलो संगीतले रष्ट्रिय स्थान लिदैछ भन्दा फरक पर्दैन । गायक तथा संगीतकार विश्व दोङको ““माया भन्दा ठुलो जात हैन”ले नेपाली बजारमा छुटै स्थान जमाउन सफल भयो ।

विशेषगरी तामाङ समुदायमा मात्रै सिमित भइरहेको सेलो गीतहरु पछिल्लो चरण सबै समुदायले उत्तिकै माया गरेको पाइन्छ ।

वरिष्ठ सेलो गायक एवं संगीतकार विश्व दोङको “माया भन्दा ठुलो जात हैन” बोलको गीत पछाडि दर्शकले रुचाएका गीत “हेर्दैमा राम्री” को भर्खरै म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ ।

नेपाल आर्मीको पोसाकमा गायक दोङ आफैले अभिनय गरेको उक्त भिडियोमा अध्यायनको क्रममा जापान बस्दै आए कि मोडल सोङ्मित थिङले साथ दिएको छ । सुन्दरी, चटपटेवालीले चटपटे खाना आएका आर्मीलाई मनमनै मन पराएको भावलाई भिडियोमा कलात्मक ढंगले निर्देशक अभि लामाले प्रस्तुत गरेको छ।

गायक तथा संगीतकार विश्व दोङ आफैमा नाम र फ्रेम भएको व्यक्ति हो । यसरी नाम चलेको व्यक्तिसँग अभिनय गरेपछि चर्चामा आइन्छ भन्ने गलत मानसिकता नेपाली समाजमा गहिरो छाप बसेको छ । मोडल सोङ्मित थिङको सन्र्दभमा नमिल्न सक्छ तर प्रभाव भने देखिन्छ ।

जनवादी गायिका कमला दोङको सुमधुर अवाज रहेको उक्त गीतको भिडियोको छायांकन जर्सिङपौवाको रमणीय स्थलहरुमा गरेको थियो । उक्त गीतको शब्द कुमार बोम्झनले लेखेका हुन भने गायक दोङको संगीत रहेको छ ।

अडियोमा करिब ३१ लाख दर्शकले हेरिसकेको उक्त गीतको भिडियो अत्यन्त राम्रो बनेको दर्शकहरूले प्रतिक्रिया दिइरहेका छन् । भिडियो विश्व दोङको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »