सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सोनाम ल्होछारमा तेमाल गाउँ सरकारबाट तीन दिन सार्वजनिक विदा

बुटवल । काभ्रे जिल्लाको तेमाल गाउँपालिकाले तामाङ समुदायको साँस्कृतिक पर्व सोनाम ल्होछार २८५९ (तावार सोनाम ल्होछार)को अवसरमा ३ दिन सार्वजनिक विदा दिने भएको छ । विहिबार बसेको चालु आर्थिक वर्षको कार्यपालिकाको पाँचौं बैठकले ३ दिन सार्वजनिक विदा दिने निणर्य गरेको हो ।

गाउँपालिकाले माघ ८ गतेदेखि १० गतेसम्म सार्वजनिक विदा दिने निणर्य गरेको गाउँपालिकाको प्रवक्ता तथा वडा नं. ७ का वडा अध्यक्ष इन्द्रलाल तामाङले जानकारी दिए । ‘तामाङ समुदायको धार्मिक तथा साँस्कृतिक पर्व २८५९ तावर (ह्योई ल्हो ) बिरालो वर्ग को सोनाम ल्होछारको अवसरमा मिति २०७९।१०।८ गते देखि १० गते सम्म सार्वजानिक विदा दिने निणर्य गरेका छौं ।’

यस अघिको वर्षहरुमा पनि ल्होछारको उपलक्ष्यमा ३ दिन सार्वजनिक विदा दिँदै आएको प्रवक्ता तामाङले बताए । ८० प्रतिशत तामाङ समुदायको बसोबास रहेको तेमाल गाउँपालिकामा तामाङ समुदायको मुख्य पर्वको रुपमा ल्होछार मनाउँदै आएका छन् ।

यसैबीच कार्यपलिकाको बैठकले तेमाल गाउँपालिकाबाट नमूना स्थानीय तह अध्ययन अवलोकन भ्रमण माघ ५ गतेदेखि ८ सम्म इलाम जिल्ला सुर्योदय नगरपालिका र रोङ गाउँपालिकामा जाने पनि निणर्य गरेको उनले बताए । त्यसैगरि बैठकले ज्येष्ठ नागरिक स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयन मापदण्ड(२०७९ स्वीकृत गर्ने र तेमाल गाउँपालिका खेलकुद विकास समिति गठन तथा क्रियाकलाप संचालन सम्बन्धी कार्यविधि(२०७९ समेत पारित गरेको प्रवक्ता तामाङले जानकारी दिएका छन् । त्यसैगरि बैठकले गाउँपालिकाको हिउँदे अधिवेशन माघ २५ गते गर्ने निणर्य गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »