भैरहवा। भैरहवाको भीम अस्पतालमा उपचाररत २५ जना कोरोना भाइरस संंक्रमित सोमबार बिहान डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा चार वर्षकी पनि रहेकी छिन।
अस्पतालका अनुसार, रुपन्देहीको गैडहवा गाउँपालिकाका १० जना, कपिलवस्तुुका ५, लुम्बिनी सांस्कृतिक नगरपालिकाका ४, नवलपरासीका ३, भारतीय नागरिक १, सिद्धार्थनगर नगरपालिकाका–१ र रुपन्देहीको कोटहीमाई गाउँपालिकाका १ जना डिस्चार्ज भएका हुन् । उनीहरुलाई गत वैशाख ३० गतेदेखि कोरोना संक्रमणको पुष्टि भएपछि उपचारका लागि अस्पतालमा ल्याइएको थियो ।
उनका अनुसार, उपचारका लागि भीम अस्पतालमा ल्याइएका कोरोना संक्रमितको यो समूह पहिलो हो । उनीहरु सवैजना डिस्चार्ज भएपछि अस्पताल खाली भएको छ ।
डिस्चार्ज भएपछि उनीहरु खुशीले अस्पताल परिसरमै नाचगान गरेका थिए । उनीहरुलाई पाँच नम्बर प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बराल र रुपन्देहीका प्रदेशसभा सदस्य सन्तोष पाण्डे अस्पतालमै पुगेर बिदाई गरेका थिए ।