सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

चितवन । स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । अर्का एक गम्भिर घाइते भएका हुन् । भरतपुर महानगरपालिका ४ धर्मचोकमा गएराती १० बजे जेम्स फनपार्कबाट चौविसकोठी तर्फ आउँदै गरेको प्रदेश ३–००४ प ७३२२ नम्वरको स्कुटर दुर्घटना भएको थियो। दुर्घटनामा घाइते भएका दुवैजनालाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर ल्याइएको छ।

घाइते मध्य स्कुटर चालक भरतपुर–१६ का ३५ बर्षिय दिल खत्रीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारीदिनुभयो । स्कुटर पछाडि सवार सोही ठाँउका २४ बर्षिय दिवस चापागाँईको पुरानो मेडिकल कलेजमा नै उपचार भइरहेको छ । तीब्र गतिको स्कुटर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले बताएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »