सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

स्क्विड गेम एक हप्तामै ३३ लाख ८० हजार कमाएर गायव

कोरियन सिरिज स्क्विड गेमले विश्वव्यापीरुपमा पाएको सफलतासँगै सोही नाममा अघिल्लो सातामात्रै स्क्विड गेम क्रिप्टोकरेन्सी सार्वजनिक भएको थियो । सार्वजनिक हुँदा शुन्यबाट सुरु भएको यस करेन्सीको मूल्य आकाशिएर एक हप्ताको अवधिमै दुई हजार ८५६ अमेरिकी डलरसम्म पुग्यो ।

एकाएक स्क्विडको मूल्य बढेसँगै धेरैले यसमा लगानी गरे । तर, अन्त्यमा उक्त करेन्सी बन्द भएको छ । यसलाई प्रवर्द्धकले खेलेर कमाउन सकिने क्रिप्टोकरेन्सीका रूपमा प्रचार गरेका थिए । यसको अर्थ यसमा क्वाइन किनेर अनलाइन गेम खेल्नुपर्छ । खेल्दै, लेभल पार गर्दै जाँदा उनीहरूले थप कमाउँदै पनि जान्छन् । त्यसरी जम्मा भएको टोकन पछि अन्य क्रिप्टोकरेन्सी वा राष्ट्रिय मुद्रामा साट्न सकिने बताइएकाे थियाे । तर, स्क्विडको हकमा भने टोकन किन्न सकिने भए पनि बेच्न वा साट्न नसकिने जस्ता समस्या देखिन थालेसँगै यसलाई फ्रड अर्थात ‘रग पुल’ भनेर संज्ञा दिइयाे । यसलगत्तै मूल्य शुन्यमा झर्‍याे । रग पुल अर्थात क्रिप्टोकरेन्सीले लगानीकर्तालाई आकर्षित गरेर त्यसको सटही रोक्ने र उठेको पैसा लिएर बेपत्ता हुने गर्छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम गिज्मोडोका अनुसार स्क्विड क्रिप्टोकरेन्सीका प्रवर्द्धक अनुमानित ३३ लाख ८० हजार अमेरिकी डलर (साढे ३९ करोड रूपैयाँभन्दा बढी) कमाएर गायब भएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »