सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

स्टिक एण्ड स्टोन तालिमको समिक्षा बैठक सम्पन्न


नेपालगञ्ज, प्लान इन्टरनेसनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लवद्धारा सञ्चालन गरिएको प्रोटेक्ट परियोजना अन्तर्गत विद्यालयहरुमा दिईएको स्टिक एण्ड स्टोन तालिमको समिक्षा बैठक सम्पन्न भएको छ ।

वेचविखनको उच्च जोखिममा रहेका बाँकेको खजुरा, बैजनाथ र कोहलपुरका माध्यामिकस्तरका बालबालिका, अन्य जोखिममा परेका र बेचविखनमा परेकाहरुलाई चेतना प्रदान गर्नेे उदेश्यले विद्यार्थिहरुलाई स्टिक एण्ड स्टोन तालिम प्रदान गरिएको थियो ।

खजुरा गाउँपालिकाका ३ बैजनाथ गाउँपालिकाका ४ र कोहलपुर नगरपालिकाको ३ विद्यालयमा उक्त तालिमको २०० वटा सेसन लिईएपछि सो को समिक्षा गर्न बैठकको आयोजना गरिएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।

उहाँले समिक्षा बैठकमा सहभागि १० विद्यालयका १६ जना शिक्षकले तालिमले बालबालिकालाई धेरै कुराको जानकारी गराउनुका साथै बेचविखन लगायत अन्य जोखिमका बारेमा सचेत समेत बनाएको जानकारी गराएको बताउनुभयो ।

सो बैठकमा सबै विद्यालयले आफुले गरेको तालिमको प्रगती, यसले पारेको प्रभाव र सुधारको पक्षको विषय उल्लेख गरी समिक्षा गरिएको परियोजनाका अनुगमन अधिकृत शान्त चौधरीले बताउनुभयो ।

वालबालिकाहरुले आफ्नो सुरक्षा आपैm गर्नको लागि चेतनामूलक जानकारी गराउनुका साथै शिप प्रदान गर्न दिईएको स्टिक एण्ड स्टोन तालिम अतिनै उपयोगी सिद्ध भएको कुरा समिक्षामा सहभागी शिक्षकहरुले वताउनु भएको पनि अधिकृत चौधरीले बताउनुभयो ।

यसअघि गत कात्तिक महिनामा १० वटा विद्यालयका शिक्षकहरुलाई स्टीक एण्ड स्टोन प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरेर उनिहरुलाई आफ्नो विद्यालयमा सोही तालिम सञ्चालन गर्ने जिम्मेवारी दिईएको थियो ।

बाँके जिल्लाको नेपालगञ्ज, कोहलपुर र खजुराजस्ता सहरी क्षेत्रहरु बेचविखनको अत्याधिक जोखिममा रहेकोले सन २०२२ सम्मका लागि सोे परियोजना सञ्चालन गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष राजेन्द्र चौधरीले बताउनुभयो ।

उक्त परियोजनाबाट बेचविखनमा परेकालाई आपातकालिन सहयोग, जिविकोपार्जनका लागि सहयोग र शिपमूलक तालिम पनि प्रदान गरिने क्लबले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »