सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

स्तुपा सामुदायिक अस्पताललाई नेपाल तामाङ समाज जापानको सहयोग

काठमाडौँ । बौद्धमा रहेको स्तुपा सामुदायिक अस्पतालाई नेपाल तामाङ समाज जापानले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

समाजले एक अनौपचारिक कार्यक्रमको आयोजना गरी छ लाख चौतीस हजार रुपैयाँ बराबरको सुविधा सम्पन्न आईसीय बेड र चारवटा patient manitor सहयोग गरिएको हो । याे सहयाेग रकम जापानमा रहेकाे नेपाल तामाङ समाज (जापान)काे अध्यक्ष रूबिना तामाङकाे विशेष पहलमा संकलन गरेकाे थियाे ।

अन्तर्राष्ट्रिय तामाङ परिषदका बरिस्ठ उपाध्यक्ष टाशी लामा, नेपाल तामाङ घेदुङ संघीय उपाध्यक्ष कुमार घिसिङ,घेदुङकै महासचिव बाबु घिसिङ र केही पत्रकारहरुको उपस्थितिमा उक्त सामग्री नेपाल तामाङ समाज जापानका सल्लाहकार सरोज तामाङ र नेपाल तामाङ घेदुङका उपाध्यक्ष कुमार घिसिङले संयुक्त रुपमा स्तुपा सामुदायिक अस्पतालका निर्देशक डा.पेम्बा लामालाई बिहीबार हस्तान्तरण गरिएको हो ।

उक्त कार्यक्रममा आफ्नो भनाइ राख्ने क्रममा अन्तराष्ट्रिय तामाङ परिषदका वरिष्ठ उपाध्यक्ष टासी लामाले अत्यन्तै सराहनीय कार्य भएको जनाउदै सहयोग गरिएको स्वास्थ्य सामग्रीको कोभिडको विरामी लगायत अन्य विरामीहरुको निम्ति सहुलियतमा उपचार उपलब्ध गराउने कुरामा आशा व्यक्त गर्नुभयो ।

नेपाल तामाङ घेदुङका तर्फबाट पनि महासचिब बाबु घिसिङले आफ्नो भनाइ राख्नु भएको थियो । नेपाल तामाङ समाज जापानका सल्लाहकार तामाङले कोभिड(१९) बाट आफू पनि बचौ र अरुलाई पनि बचाऔं भन्ने अभियान अन्तर्गत उक्त सामग्रीहरु सहयोग गरेको बताए । पुरै देश कोभिडले आक्रान्त बनेको बेलामा ICU bed नपाएर धेरैको मृत्यु भएको कारण उक्त सहयोग गरिएको बताउदै स्तुपा समुदायिक अस्पताल भएको र सबै बिरामीको निम्ति केन्द्रमा पर्ने हुनाले सहयोग गरिएको कुरा अवगत गराएको थियो । अगामी दिनमासमेत विभिन्न प्रकोप र विपतिहरुमा समाजको सहयोग निरन्तर रहने पनि तामाङले बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »